तुईनको समस्यामाथि गायक सोनाम शेर्पाको चीरफार

लाक्पा जी शेर्पा

२०७५ कार्तिक १४, बुधबार


नेपाली समाज आधुनिकतातिर लम्किरहेको छ । आधुनिकतासँगै प्रविधि मैत्री हुन विरलैलाई मात्रै छेकेको देखिन्छ । आधुनिक समाजमा समयसापेक्ष रुपमा आफ्नो इच्छाहरु जाहेरपनि उसैगरी गरिरहेका छन् । सामाजिक रुपान्तरण र चेतना अभिवृद्धिले यतिवेला सबैलाई छुनु स्वभाविक हो । यही सामाजिक विकासभित्र आफ्ना सन्तानका खुसीका सिमाहरुपनि निर्धारण गर्न थालेर नयाँ पद्धतीको विकास गरेका छन् ‘पेम्बा शेर्पा’ले । रामेछाप गुम्देल पुख्र्यौली भएपनि भारतमा जन्मिए । पछि पेम्वाको राजधानी काठमाडौंमै कर्मा थलो हुन थाल्यो । राजधानीको वेसीगाउँमा वस्दै आएका पेम्बा र डोमा शेर्पाको सानो सुखी परिवार छन् । छोरा, छोरी र आफूहरु गरी ४ जनाको परिवार यही शहरमा वस्दै आएका छन् । पेम्बा शैक्षिक परामर्श संस्था सञ्चालन गरेर अर्थोपार्जनतिर लागेका छन् भने डोमा वैदशिक रोजगारीका क्रममा इजारयल तिर नै बस्छन् र आफ्नो सन्तानको खुसीका लागि पसिना वगाउँछन् ।
यीनै सुन्दर परिवारमा जन्मिने भाग्यमानी हुन ‘कुसाङ सोनाम शेर्पा !’ परिवारमा उनलाई गायक बनाउने बुबा र आमाको उत्कट चहनाले यतिबेला उनी ‘गायक’ बनेका छन्  । उमेरले १६  लाग्दै गरेका सोनामले भरखरै ‘तुईन’ गीतमा स्वर दिए र म्यूजिक भिडियोमा मूख्य भूमिकामा अभिनय समेत गरे । उनको गीत सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको छ । लगतै धेरैले मन पराएका छन् ।
हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो निर्णयमै नेपालमा रहेका अधिकांश तुईन विस्थापन गर्ने निर्णय गर्यो तर सोचे अनुसार निर्णय कार्यान्वयन भने भएको पाइएन । पछि गायिका आनि छोइङ डोल्माले जनतासँग प्रधानमन्त्री कार्यक्रममा अत्यन्तै मर्मस्पर्शी शब्दसहित प्रधानमन्त्रीलाई संवोधन गर्दै १ करोड रुपैयाँ तुईन विस्थापनका लागि सहयोग गरे । यतिवेला त्यही तुईनमाथि शिर्ष गीत सोनामले बजारमा ल्याएर अर्को चर्चा छ । तुईनमार्फत यात्रा गर्दा खेप्नु परेको सास्ती र अकालमा मृत्युवरण गर्नुपर्ने वाध्यत्मक अवस्था गीतमा चित्रण गरिएका छन् ‘कुसाङ सोनामले ।’ आबेश भूमरिको शब्द र चल्तीका संगीतकार टीका भण्डारीको संगीतले भरिएको गीतमा सोनामका साथमा सुप्रिय कट्वालले अभिनय गरेका छन् ।
व्यवस्थापन विषय अध्ययन, मोडल भन्ने धोको बोकेका सोनाम यतिवेला कक्षा ११ मा पढी रहेका छन् । होटल व्यवस्थापनमा उनी यतिवेला लिवर्ड एकेडेमी अत्तरखेलमा पढीरहेका छन् । पढाईसँगै मोडलिङ गायनलाई अघि बढाउने जीवन लक्ष्य बनाएर अघि बढेका सोनामको गायकी नयाँ भने होइन । कक्षा ८ मा पढ्दा नै अहिलेको गीत उनले गाउने चाहेका थिए तर परिवारले पढाईमा असर पुग्ने भन्दै गाउन दिएन । तर, दुई बर्षपछि अहिले उनले त्यही शब्दको गीत गाए । कान्तीपुर एकेडेमीमा दुई बर्षको उमेरमै विद्यालय जना पाएका सोनामले पछि मन्जुगोसा स्कूल टुशालमा पढे । ६–७ बर्षको हुँदादेखि नै गुनगुनान थालेका सोनामले विद्यालयमा हुने स्टेश कार्यक्रमहरुमा दर्जनौ पटक प्रस्तुती दिएका छन् ।  प्रवेशीकामा ३.७० अंक ल्याएका सोनाम पढाईमा पनि उत्तिकै अब्बल छन् । शिक्षा विनाको जीवन अधुरो हुने बुझेका उनका परिवारले उनलाई गायन भन्दापनि उच्च शिक्षामै जोड दिन सुझाउँछन् । 
गायनमा प्रेरणा आफ्नो बुबा आमाबाट प्राप्त गरेको बताउने सोनामलाई गायकको रुपमा चिनाउनका लागि आमा डोल्माले अनलाईनबाटै राम्रो संगीतकारलाई भेटका थिए । गायक राजु लामालाई मन पराउने बताउने सोनामको स्वर परीक्षण रेडियो नेपालमै भयो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले गायनमा औपचारिक रुपमा कदम बढाउने मौका पाए ।  एक महिनाको स्वर कक्षासमेत लिएका सोनामले शेर्पा कलाकार संघले आयोजना गरेको कार्यक्रममा गाएर शेर्पा समुदायमा आफ्नो परिचय दिए ।
 

अनुसरणीय अभिभावकत्वः
छोराको स्वरमा गीत सार्वजनिक भएपछि सोनामका बुबाले नै छोरालाई सञ्चारकर्मीहरुसँग भेट गराए । उनी आफ्नै छोरालाई साथमा लिएर अन्तर्वार्ता र प्रचारका लागि दौडिए । मिडिया प्रचारमा लागि परे । उता आमा डोल्माले पनि अनलाईनमार्फत छोराको गीतको प्रचारप्रसारका लागि उत्तीकै भूमिका खेलीरहेका थिए । शेर्पाखबरसँगको भेटमा सोनामका बुबा पेम्बाले भने ‘हामीले जति सुकै दुःख गर्नु, पैसा कमाउनु यही सन्तानको खुसीको लागि हो । अहिले छोराले गायनमार्फत नाम चम्काउने रुची देखाएको छ । उनको सपना र रुची पूरा गर्नु हाम्रो दायित्व हो । त्यसैले म आफ्नै उनकालाई लिएर मिडियामाझ प्रस्तुत भएको छ  ।’
समुदायको भूमिकाः
शेर्पा समुदाय यतिवेला आफ्नो कला, संस्कृति, परम्परागत मान्यताहरुलाई संरक्षण गर्दै पहिचानलाई उच्चतम विन्दुबाट अनुसरण गर्ने पाटोमा लागि रहेका छन् । यही अभियानलाई सफल बनाउन शेर्पा युवाहरुले विभिन्न तौरतरिबाट भूमिका खेलिरहेका छन् । यसै मध्येमा एक अभियान्तका रुपमा यतिवेला कुसाङ सोनाम शेर्पा देखिए । उनले गायनको माध्यमबाट समुदायको श्रीबृद्धिका लागि अब भूमिका निर्वाह गर्न थालेका छन् । शेर्पा समुदायमै यस्तै नवप्रतिभाहरुलाई उचित स्थान दिने र ख्यातीमार्गमा डोहोर्याउन हिमालयन शेर्पा सांस्कृतीक केन्द्र, नेपाल शेर्पा संघ, शेर्पा कलाकार संघ लगायत बग्रयाल्ती संस्थाहरु स्थापना भएका छन् । सचेत समुदायले अब यीनै नबवप्रतिभाहरुलाई साथमासाथ दिँदै उज्जवल भविष्य र समुदायको निधीको रुपमा आपनत्व ग्रहण गर्दै अघि बढाउन योजनाहरु बुन्नुपर्ने देखिन्छ । कुसाङ सोनामलाई शुभकामना, सन्तानका खुसीका लागि अभिभावकहरुको भूमिका र उत्कट चहनाप्रति नमन !
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho