ससफो प्रदेश नं. १ मा दुई शेर्पा प्रतिनिधी !

पेम्वा शेर्पा

२०७५ अश्विन १३, शनिबार


विराटनगर (शेर्पाखबर) । संघीय समाजवादी फोरम नेपाल अन्तर्गत १ नम्बर प्रदेश समितिमा २ जना शेर्पाले प्रतिनिधित्व पाएका छन् । शेर्पालुङ समितिबाट सदस्यहरु दावा तेम्बा शेर्पा र रिन्जीङ शेर्पा नावा सदस्यमा चयन भएका हुन । असोज ९ र १० गते विराटनगरको अतिथि भवनमा भएको प्रदेश नं १ स्तरीय भेलाले भूपेम्द्र नेम्बाङको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो ।
ताप्लेजुङबाट रिन्जीङ र खोटाङबाट दावा तेम्बालाई सदस्यमा जिम्मेवारी पाएको शेर्पा प्रदेश समितिका सचिव महेश रानामगरले जानकारी दिए । पहिलो वैठकले पदाधिकारी चयन गर्ने भएकाले दुबै मध्ये एकले महत्वपूर्ण पद पाउन सक्ने बताइएको छ । शेर्पा प्रदेश समितिका सदस्य रहेका दावा तेम्बा सुनसरीका पार्टी जिल्ला सदस्य छन् । उनी हिमालयन शेर्पा सांस्कृतीक केन्द्र सुनसरीका अध्यक्ष समेत हुन् । त्यस्तै, रिन्जीङ नेफेसो दक्षिण कोरियाका महासचिव, शेर्पा प्रदेश समितिका सदस्य हुन् । संघीय समाजवादी स्थापनाकालदेखि नै उनी पार्टीमा क्रियाशिल छन् ।
प्रदेश समिति गठनार्थ करिब ६ सय प्रतिनिधिहरुबाट सुरुमा ५१ सदस्य चयन गरिएको थियो । त्यसमध्येबाटै अध्यक्षका लागि भुपेन्द्र नेम्वाङ र प्रविण चाम्लिङबीच भएको निर्वाचनमा नेम्वाङलाई अध्यक्ष घोषणा गरेको केन्द्रीय सदस्य जुद्धबहादुर राई ढाक्रेले शेर्पाखबरलाई जानकारी दिए । 
‘निर्वाचन मण्डलले नेम्वाङलाई अध्यक्ष घोषणा गर्यो । तर, नेम्बाङ्गले कति भोट प्राप्त गरे भन्ने बताइएन । निर्वाचन मण्डलले एकएक गरेर ५१ जनाकै राय लिएर नेम्वाङको नाम घोषणा गरेको हो ।’ ढाक्रेले भने  । कतिपय नेताहरुले लोकतान्त्रिक प्रक्रियाको अलोकतान्त्रिक व्यवस्था अनुसार नाम घोषणा गरिएको भन्दै गुनासो समेत गरेका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको भेलामा बरिष्ठ नेता अशोक कुमार राई, प्रदेश नम्बर २ का मूख्य मन्त्री लालबाबु यादव, उपाध्यक्ष त्रेय रकम चेम्जोङ, युवराज कार्की, हेमराज राई लगायत उपस्थित थिए । 

पहिलो बैठक कात्तिक १०

नवगठित समितिको पहिलो बैठक आगामी कात्तिक १० गते बस्नेछ । सो बैठकबाटै बाँकी पदाधिकारीहरुको टुंगो लगाउनुका साथै जिम्मेवारीसमेत बाँडफाट गरिने समितिका शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए ।

‘तीन महिनाभित्रमा प्रदेशको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी समितिको काँधमा छ,’ पार्टी महासचिव समेत रहेका १ नम्बर प्रदेश इन्चार्ज रणध्वज कन्दाङ्वाले भने, ‘अधिवेशन सफल पार्ने र अबको कार्यदिशा कसरी तय गर्ने विषय पनि पहिलो बैठकले नै निर्णय गर्नुपर्ने छ ।’

उनले प्रदेश नं १ मा ससफोलाई पहिलो पार्टी बनाउनका लागि अघि बढिने विश्वास व्यक्त गरे । जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक लगायत सबैखालका विभेदहरूको अन्त्य नभएसम्म संघर्ष जारी राखिने उनको भनाइ छ ।
शेर्पालाई उपेक्षा गरेको भन्दै विरोध
यसैवीच प्रदेश भेला उद्घाटन समरोहमा शेर्पा प्रदेश समितिको तर्फबाट आशनग्रहण नगराएको भन्दै शेर्पा प्रदेश समितिले आपती जनाएका छन् । उनीहरुले पार्टीको नीति नै शेर्पालाई उपेक्षा गर्ने हो ? हो भने प्रष्ट पार्नुहोस् भन्दै इन्चार्जसँग आपती व्यक्त गरे । ‘सबै प्रदेशका प्रतिनिधीलाई आसनग्रहण गराईयो तर शेर्पाको नामोच्चरण समेत भएन । त्यसैले हामीले पार्टी नेतृत्वमाथि नै आवाज उठाउनु पर्यो ।’ भेलामा सहभागि एक सदस्यले भने । ‘त्रुटी भएको र समितिको पहिलो वैठकले त्रुटी सच्याउने प्रतिबद्धता नेतृत्वबाट व्यक्त भएपछि हामी कार्यक्रममा पुनः सक्रिया रुपमा सहभागि भयौं ।’ ती सदस्यले भने । 
नामावाली
१ भुपेन्द्र नेम्वाङ (पाँचथर)
२ राजकुमार यादव (मोरङ)
३ दुर्गामणि सुवेदी (मोरङ)
४ लोकसागर साम्बा (मोरङ)
५ प्रेम वनेम (मोरङ)
६ केशरमान गुरुङ (मोरङ)
७ गिता यादव (मोरङ)
८ नवराज गुरुङ (ओखलढुंगा)
९ श्याम माया राई (ओखलढुंगा)
१० दुर्गामाया लिम्बू (सुनसरी)
११ दिपेश राई (सुनसरी)
१२ धुव्र मेन्याङबो (सुनसरी)
१३ सविता यादव (सुनसरी)
१४ लालबहादुर रहपाल (पाँचथर)
१५ सुरेन्द्र सुहाङ (पाँचथर)
१६ सुर्यमान निङलेखू (तेह्रथुम)
१७ कृष्णबहादुर कटुवाल (तेह्रथुम)
१८ चन्द्र मादेन (ताप्लेजुङ)
१९ धनकुमार साम्यू लिम्बू (ताप्लेजुङ)
२० वीरकुमार राई (भोजपुर)
२१ मिना राई (भोजपुर)
२२ नरबहादुर बस्नेत (सोलुखुम्बु)
२३ आशा राई (सोलुखुम्बु)
२४ प्रविण चाम्लिङ (झापा)
२५ केवलराम राई (झापा)
२६ सर्मिला आङदेम्बे (झापा)
२७ गौरीमान राई (झापा)
२८ गणेशकुमार शाक्य (झापा)
२९ धनकुमार राई (खोटाङ)
३० तेजमाया दुमी राई (खोटाङ)
३१ दिपक याक्खा (संखुवासभा)
३२ भरत याक्खा (संखुवासभा)
३३ घनश्याम कटुवाल (उदयपुर)
३४ गणेश राई (उदयपुर)
३५ उपेन्द्र लावती (धनकुटा)
३६ दीपा लिम्बू (धनकुटा)
३७ लिलाबहादुर सुनुवार (इलाम)
३८ विनोदकुमार नेम्वाङ (इलाम)
३९ रिता राई (केन्द्रीय सम्पर्क समिति)
४० केदार धिमाल (लिम्बुवान प्रदेश समिति)
४१ कमन देवान (लिम्बुवान प्रदेश समिति)
४२ अग्निमाया मेचे (लिम्बुवान प्रदेश समिति)
४३ सनबहादुर राई (किरात प्रदेश समिति)
४४ गोपालकुमार राई (किरात प्रदेश समिति)
४५ हस्तशोभा राई (किरात प्रदेश समिति)
४६ महेशकुमार राना मगर (शेर्पालुङ समिति)
४७ दावा रेञ्जिङ शेर्पा (शेर्पालुङ समिति)
४८ दातेम्वा शेर्पा (शेर्पालुङ समिति)
४९ सुरेशकुमार भट्टराई (तराई मधेस)
५० कुन्ता राई (तराई मधेस)
५१ तेजनारायण चौधरी (तराई मधेस)

पेम्वा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho