रोजेश पुनको अध्यक्षतामा संघीय मगर संघ पुनःगठन

शेरी शेर्पा

२०७५ अश्विन १३, शनिबार


काठमाडौं (शेर्पाखबर) । रोजेश पुन मगरको अध्यक्षतामा ४९ सदस्यीय संघीय मगर संघ नेपाल पुनः गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित भेलाले समिति पुनः गठन गरेको हो । संघीय समाजवादी फोरम नेपालको भातृ संगठनको रुपमा क्रियाशिल संघको यसअघि नेतृत्वमा रहेका पुरमति ढेँगा मगर प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संघ पुनः गठन भएको हो । 
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य पुरमति ढेँगाको अध्यक्षतामा भएको भलाले महाधिवेशन आयोजन ागर्न अवधीसम्मका लागि उपाध्यक्षमा ललित खपाङ्गी, महिला उपाध्यक्षतामा दीपा थापामगर, उपाध्यक्षमा प्रदेश २ र ७ लाई खाली राखेर हाललाई क्रमशः कृतिमान पुर्वछाने, कृष्णा खपाङ्गी, अर्जुन राना, मनबहादुर सारु, फत्ते सोतीलाई चयन गरेको छ । त्यस्तै, महासचिवमा झलक थापा, सचिवमा पुरण राना, सञ्चार सचिवमा वसन्त थापा, संगठन सचिवमा लोकमान पुन, कोषाध्यक्षमा दीपक कुमार ढेँगा, सहकोषाध्यक्षमा जानुका आलेमगर लगायत चयन गरेको भेला आयोजक समितिका गंगाबहादुर थापामगरले शेर्पाखबरलाई जानकारी दिए । 
पार्टीका उपाध्यक्ष तथा पूर्व मन्त्री हेमराज राईको प्रमुख आतिथ्यमा भएको भेलामा संगठन विभाग सदस्य महेन्द्र मगर लगायत नेताहरुको उपस्थिती थियो । पहिचानसहितको संघियता, पहिचान, स्वधिनता, आत्मसम्मान र अन्तर्राष्ट्रिय सन्धीअभिसन्धीको पुर्ण कार्यान्वयनका लागि दबाब दिने र संगठनात्मक क्रियाशिलतासँगै राज्यको निकायमा मगर समुदायको पहुँच अभिवृद्धिका लागि संघले भूमिका खेल्ने जनाएको छ ।
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho