वडा अध्यक्षले मागे माफी ‘खादा निषेध गरेको हैन !’

पासाङ शेर्पा 

२०७५ अश्विन १२, शुक्रबार


पासाङ शेर्पा 
काठमाडौं (शेर्पाखबर) ।
‘खादा निषेध’ गरेर चर्चामा आउन खोज्ने वडा अध्यक्ष नेत्रबहादुर कार्कीले माफी मागेका छन् । ‘खादा निषेध नगरिएको लेखाईमा भुल भएको’ भन्दै वडा अध्यक्ष कार्कीले गल्ती सच्याएका हुन् ।
अशोज ९ गते चलानी नम्बर ७७ राखेर सूचना प्रकाशन गरी वडा भित्र खादा निषेध गर्ने निर्णय सार्वजनिक गरेका वडा अध्यक्ष कार्कीले बौद्धमार्गीहरुको चर्को दबाबपछि निर्णय फिर्ता लिँदै भुल भएको स्वीकार गरेको हो । 
‘९ गतेको सार्वजनिक सूचनामा वडा अध्यक्ष कार्कीले ‘सुनकोसी गाउँपालिका वडा नं. १ ठाकर्पाभित्र आयोजना हुने कुनैपनि सार्वजनिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने गरि निषेधित् गरिएको र त्यसलाई अनिवार्य लागू गर्न’ ह्वीप नै जारी गरेको थियो । वडा अध्यक्ष कार्कीले हस्ताक्षर गरी प्रकाशित सूचनाको बौद्धमार्गीहरुले सामाजिक सञ्जालमार्फत चर्को विरोध गरेपछि उनले अशोज १२ गते चलानी नम्बर ८२ रहेको विज्ञप्ति नै जारी गर्नु पर्यो । आफ्नो निर्णयलाई देशविदेशबाट चौतर्फी चासो बढेको र यसबाट सम्वन्धीत धर्मलम्बिहरुलाई आगत पुग्न गएको भन्दै सार्वजनिक विज्ञप्तिमार्फत वडा अध्यक्षले माफी मागेका छन् । उनले जारी विज्ञप्तिको व्यहोरा यस्तो छ ‘वडा नं. १ ले फूलमाला, खादा, ढाका, गुच्छाको प्रयोग सम्वन्धी निर्णयको विषयमा देशविदेश सबैतिरबाट व्यक्त चासो जिज्ञासाहरु यस वडा कार्यालयले आत्मसाथ गर्दै सार्वजनिक कार्यक्रमहरुमा (धार्मिक कार्यक्रमहरुबाहेक) स्थानीय स्रोतको बढी भन्दा बढी प्रयोग, मिताव्यायी, छरितो तथा स्थानीय मैत्री बनाउने उद्देश्यले आयतित् फूलमाला, ढाका, खादा, गुच्छालाई निरुत्साहित गर्दै स्थानीयस्तरमा पाइने फूलमाला, गुँरास खादा, धुबो लगायतलाई प्रयोगमा ल्याउने भन्ने हो ।’ उनले आफ्नो निर्णयले कुनै धर्मजात, सम्प्रादयप्रति लक्षित नभएको जनाउँदै विज्ञप्तिमार्फत आफूहरुको निर्णय कुनै धार्मिक मूल्य मान्यतालाई चोट पुर्याउने र सामाजिक सद्भाव खलाल पुर्याउने मनसाय र नियत नरहेको उल्लेख गरेको छ । आफूले प्रकाशित सूचनामा भाषागत त्रुटी भएको भन्दै उनले यसबाट पर्न गएको असुविधा प्रति क्षमायाचना गरेका छन् । ‘गलतबस सूचना प्रवाह गर्दा भाषागत त्रुटी वा व्यक्त गर्न खोजिएको विषयमा केही अस्पष्टता वा अन्य कुनैकारणले कुनै निश्चित समुदायमा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौं ।
सुनकोसी गाउँपालिका वडा नं. १ ठोकर्पा ३ नम्बर प्रदेशको सिन्धुपाल्चोकमा पर्दछ ।

पासाङ शेर्पा का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho