गुणस्तरीय शिक्षासँगै भाषणकला अनिवार्यः शंकर प्रधान

शंकर प्रधान ‘सौर्य’

२०७५ अश्विन ७, आईतबार


भाषणकलाको वर्तमान अवस्था

कुनै पनि क्षेत्रमा व्यक्तिले आफ्नो पृथक एवं उत्कृष्ट पहिचान निर्माण गर्न बोल्नेकलाको सहारा लिनुपर्ने आवश्यकतालाई कसैले नकार्न सक्दैन । असीमित अध्ययन एवं भोगाइबाट प्राप्त ज्ञान, सीप तथा क्षमता समाजमा सम्प्रेषण गर्ने चाहना हुँदाहुँदै पनि समूहको अगाडि उभिएर बोल्ने डरले आफैँमा सीमित राख्नुपर्ने बाध्यताको सिकार अधिकांश मानिस बनिरहेको हामी पाउँछौँ ।
जति पनि प्रशिक्षार्थीलाई हामीले प्रशिक्षण प्रदान गर्‍यौँ, उनीहरूमध्ये अधिकांश विलक्षण प्रतिभाका धनी थिए । तर, मासको अगाडि उभिँदा अरूले के भन्लान् र के ठान्लान् भन्ने सोचबाट मात्र ग्रस्त भएको हामीले पायौँ । यसको निष्कर्ष के छ भने मानिस आफूसँग नभएर होइन, भएको कुरा उजागर गर्न नसकेर पछाडि परिरहेको छ ।

भ्रम नै भ्रम

हरकोही व्यक्ति समाजमा लोकप्रिय एवं सर्वत्र परिचित बन्न चाहन्छ । मान्छे सोच्दछ भाषण तथा उद्घोषण त राजनीति गर्ने नेताहरूले मात्रै गर्ने हो । हामीले कहाँ नै बोल्नुपर्छ र ? कोही ठान्ने गर्दछन् बोल्ने कुरा पनि के सिकिरहनुपर्छ र ? जन्मजात हामीमा बोल्ने क्षमता हुन्छ अहिले आएर के सिक्नु ?

कोही आफैँभित्रको क्षमतालाई पहिचान गर्न नसकी या भनौँ आफूलाई चिन्न नसकी आफूलाई विश्वास गर्न सक्दैनन् र अक्सर भन्ने गर्दछन्, ‘के हामीले बोलेको पनि ठूला–ठूला मान्छेहरूले सुन्छन् ?’ अझै योभन्दा अगाडि बढेर कोही त भन्ने गर्दछन् ‘हाम्रो जातलाई त बोल्नै आउँदैन ।’ यस्ता अनेकन भ्रमको सिकार मानिस भइरहेका छन् ।

व्यावहारिक प्रशिक्षण : शतप्रतिशत नतिजा

ड्रिमप्वाइन्ट इन्स्टिच्युटले प्रदान गर्ने प्रशिक्षण समसामयिक हिसाबले उपयुक्त, व्यक्तिको ग्रहणशक्तिअनुरूपको प्रशिक्षण एवं सबैले बुझ्न सक्ने ढंगको सरल एवं सहज प्रकृतिको प्रशिक्षण रहेको छ ।

करिब एक दशकको हाम्रो अनुभवमा जति पनि प्रशिक्षार्थी यस इन्स्टिच्युटबाट प्रशिक्षित भएका छन्, उनीहरूले आफ्नो कर्मथलोमा उच्चतम नतिजा हासिल गर्न सफल भएका छन् । हामीबाट प्रशिक्षणप्राप्त व्यक्ति व्यक्तित्व राष्ट्रिय जीवनको विभिन्न आयामहरू जस्तै, राजनीति, राष्ट्रसेवा, समाजसेवा, शिक्षण, अध्यात्म, कला क्षेत्र एवं विभिन्न क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै खरो उत्रन सफल भएका छन् । 

पर्याप्त पूर्वाधार : दक्ष प्रशिक्षक

भाषणकला तथा उद्घोषणकला प्रशिक्षण बिलकुल व्यावहारिक प्रशिक्षण हो । सैद्धान्तिक पुस्तक अध्ययन गरेकै भरमा कुशल एवं प्रभावशाली वक्ता बन्न सक्दैन । कुशल एवं सशक्त वक्ता बन्न अधिकतम अभ्यासको पाटोलाई जोड दिनुपर्छ ।

कुनै एक व्यक्तिलाई कुशल वक्ता बन्नका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार ड्रिमप्वाइन्टले प्रदान गरेको छ । पछिल्लो समयमा विकसित हरेक भाषणशैलीमा आफूलाई पोख्त एवं अपडेटेड राख्न सफल प्रशिक्षकहरूबाट प्रशिक्षण प्रदान गरिने हुँदा कुनै पनि व्यक्तिलाई निश्चित अवधिभित्र पूर्णत ग्यारेन्टीका साथ उत्कृष्ट एवं सशक्त वक्ता निर्माण गर्न सकिन्छ ।

संस्थापक अध्यक्ष/प्रमुख प्रशिक्षक
ड्रिमप्वाइन्ट एजुकेसनल एन्ड ट्रेनिङ इन्स्टिच्युट

शंकर प्रधान ‘सौर्य’का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho