शेर्पा सेवा केन्द्रको बार्षिक साधारणसभा

फूर्वा शेर्पा

२०७५ अश्विन ७, आईतबार


काठमाडौं  (शेर्पाखबर) । शेर्पा समुदायको सबै भन्दा ठूलो संस्था ‘शेर्पा सेवा केन्द्र’ को बार्षिक साधारणसभा हुने भएको छ । असोज २० गते शनिबारका दिन बार्षिक साधारणसभा आयोजना गरिएको हो । 
बार्षिक साधारणसभाका लागि केन्द्रले सूचना जारी गर्दै संरक्षक र आजिवन सदस्यहरुलाई आमन्त्रण गरिएको छ । बार्षिक लेखा परीक्षण, लेखा परीक्षक नियूक्ति, बार्षिक कार्यक्रम तथा आयव्याय विवरण पेश गर्ने र त्यस उपर साधारणसभामा छलफल हुने महासचिव आङ गेल्जी शेर्पाले जानकारी दिए । 
गुम्बाका अध्यक्षमा यसअघि महाधिवेशनले सोनाम छोटी शेर्पालाई नेतृत्व सुम्पीएको छ । शेर्पा गुम्बा भनेर चिनिने केन्द्रमा बृद्धा मिलन केन्द्र, पूजा हाल, पाटी हल, प्राथामिक उपचार केन्द्र लगायत रहेका छन् । शेर्पा समुदायको विवाह, मृत्यु संस्कारमा गुम्बालाई प्रयोग गरिन्छ । गुम्बामा छिट्टै बृद्धाश्रम समेत निर्माणको योजना रहेको निवर्तमान अध्यक्ष क्या. आङ देण्डी शेर्पाले जानकारी दिए ।
साधारणसभामा उपस्थित हुनेलाई शेर्पा पोषकमा उपस्थित हुन समेत केन्द्रले आह्वान गरेको छ । केन्द्र समुदायको सम्पन्न र जेष्ठ संस्था मानिन्छ । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho