सांसद सुनुवारले गरे ‘सुनकोशीको पुल’ बिमोचन

खिलक बुढाथोकी

२०७५ अश्विन ४, विहिबार


काठमाडौं (शेर्पाखबर) ओखलढुंगा जिल्लाको पर्यटकीय सम्भावनालाई व्यक्त गरिएको ‘सुनकोशीको पुल’ गीत तथा म्युजिक भिडियोको बिमोचन गरिएको छ । द्वन्द्व पीडित बालबालिकालाई आश्रय दिँदै आएको मनमैजुस्थित एकिकृत सृजनशिल समाजको प्रांगणमा सांसद यज्ञराज सुनुवारले बिमोचन गरेका हुन् । सुरज थापा र सिता माझीको स्वरमा गाएको गीत शब्द राजकुमार मगरको हो ।
उनै मगरले आफ्नो गीति एल्बम भव्य कार्यक्रम गरेर बिमोचन गरी खर्च गर्नुको सट्टा बालगृहमा लगेर बिमोचन गरेको बताए । एल्बम बिमोचनमा हुने खर्च बालगृहलाई प्रदान गरिने उनले बताए । ‘मैले यसअघि पनि यस बालगृहलाई सहयोग गर्दै आएको छु,’ उनले भने, ‘एल्बम बिमोचन पनि यही आएर गरेको हुँ । अन्य ठाउँमा भव्य कार्यक्रम गरेर बिमोचन गर्दा हुने खर्च समेत यसै बालगृहलाई उपलब्ध गराउन चाहान्छु ।’ एल्बमको म्युजिक भिडियो पनि बनेको छ । शेर्पा फिल्मस् प्राली मार्फत बजारमा ल्याएको एल्बमको म्युजिक भिडियोको निर्देशन भने कर्म शेर्पाले गरेको हुन् । ओखलढुंगाकै विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियोले ओखलढुंगाको पर्यटकीय सम्भावना देखाएका सांसद् सुनुवारले बताए । एल्बमको बिमोचनमा बालगृह पुगेका सांसद्ले बालगृहलाई समेत ५ हजार रुपैयाँ सहयोग गरेका थिए । म्युजिक भिडियोमा भने राजकुमार मगर, टिका जैसी र रजिना रिमालले अभिनय गरेका छन् ।
 

Image may contain: 2 people, people smiling, outdoorImage may contain: 1 person, standing and closeupImage may contain: 2 people, people smiling, phoneImage may contain: 32 people, including Pemba Chhoti Sherpa Gole and Karma Sherpa, people smiling, people standing and outdoor

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho