किरात र लिम्बु एउटै हो भन्ने सन्देश दिनुछः उम्मेदवार ढाक्रे

लाक्पा जी शेर्पा

२०७५ अश्विन ४, विहिबार


जुद्धबहादुर राई ‘ढाक्रे’ ओखलढुंगाका स्थायी वासिन्द हुन् । उनी लामो समयदेखि राजनीति, साहित्य, कलाकारिता, पत्रकारिता र खेल क्षेत्रमा संलग्न छन् । क्षेत्रिय प्रतिभा पुरस्कारबाट सम्मानित राई अंग्रेजी साहित्यमा स्नातोत्तरसम्मको अध्यान गरेका छन् भने आफ्नै कथा, आफ्नै अभिव्यक्ति आत्मसंस्मारण पुस्तक समेत प्रकाशित छ । त्यस्तै, नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका सभापति समेत रहीसकेका ढाक्रेको अनगिन्ती गीति क्यासेटहरु बजारमा छन् । उनको शब्द, लय र स्वरमा रहेको सुनकोसीमा पुलै बनेन् गीतले लामो समय बजार ततायो । 
प्रजातान्त्रिक राजनीतिबाट अघि बढेका ढाक्रे कांग्रेसको क्षेत्रीय सभापति भएपछि महाधिवेशन प्रतिनिधी हुँदा ताका पहिचानको आन्दोलनलाई उचाई दिने भन्दै संघीय समाजवादी नेपाल पार्टीको संस्थापक समेत हुन ।  ढाक्रे समाजवादको सहलेखक समेत हुन् । पार्टी स्थापनासँगै उनले २०७० को संविधानसभामा पार्टीको परिचय बढाउने भन्दै ओखलढुंगा क्षेत्र नं. १ बाट संविधानसभामा प्रत्यासी बने । त्यस्तै, २०७४ को निर्वाचनमा पनि संघीय प्रतिनिधी सभाको सदस्यको लागि ओखलढुंगाबाटै चुनाव लडे । पहिचानको मुद्दालाई आफ्नो जीवनको अपरिहार्यतासँगै मुक्ति आन्दोलनमा होमिएका ढाक्रे यतिवेला संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा विदेश विभागमा छन् । त्यस्तै, उनले ओखलढुंगा, सोलुखुम्बुको इन्चार्ज भएरपनि पार्टी संगठनलाई गति दिए । यतिवेला संघीय समाजवादी फोरम प्रशासनिक रुपमा राज्यले कायम गरेको ७ प्रदेशको अभ्यास अनुसार पार्टी संगठनको विस्तार गर्ने अभियानमा छन् । यस अभियानमा ढाक्रेले एक नम्बर प्रदेशको नेतृत्वको दाबी गरेका छन् । असोज ९ र १० मा विराटनगरमा हुने भेलाले एक नम्बर प्रदेश समिति गठन गर्दैछ । यस सन्दर्भमा ढाक्रेको उम्मेदवारीबारे उनीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः

संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ को अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईको उम्मेदवारी किन ?
पहिलो कुरा, संघीय समाजवादी फोरम नेपाललाई सशक्तिकरण गर्न, दोस्रो वर्तमान सात प्रदेशमध्ये एक नम्बर प्रदेश अति चेतनायुक्त अति उच्च तहको जनता बसेको क्षेत्र हो । त्यस्तो क्षेत्रको नेतृत्वका निम्ति नेपथ्यबाट जति पनि साथीहरुको नाम आएको छ, उहाँहरु संघीय समाजवादलाई बुझेर आउनुभएको छ के ? भन्ने शंका छ मलाई ।
तेस्रो, प्रदेश नं १ को नेतृत्वको लागि सर्वसम्मत गर्ने÷गराउने भनेर मैले बहुत पहल गरेँ । आप्mनो समयमा नाम कमाएका इज्जतदार मेयर भइसकेका व्यक्तिहरु पनि पर्छन् त्यसमा । उहाँहरु पनि मेरो यो समस्या छ त्योे समस्या छ भन्दै नेतृत्व लिनबाट हच्किए । 
त्यस्तै संघीय समाजवादी फोरम नेपालको किरात प्रदेश अध्यक्ष, उपाध्यक्षहरुको पनि जिम्मेवारी हो । तर उहाँहरुले समेत राजनीतिक रुपमा अपरिपक्क मान्छेलाई नेतृत्व गर्नुपर्छ भनेर एक किसिमको दबाब दिइरहनुभएको छ । त्यो कुरा मलाई मन परेन ।
चौथो, प्रदेश नं १ को नेतृत्वका लागि योग्यता नै नपुगेका मान्छेले उम्मेदवारी घोषणा गरिसकेपछि केन्द्रीय नेतृत्व जो विशेष नेतृत्व हुनुहुन्छ उहाँहरुसँग पनि यसरी समाधान गर्नुपर्छ भनेर मैले धेरै पहल गरेँ । तर पार्टी नेतृत्वले पनि चित्तबुझ्दो जवाफ नदिएको र सकभर त्यो कुराको रेस्पोन्स नै गर्न नचाहेको कारणले मैले उम्मेदवारी दिनुपर्ने भयो ।
पाँचौ, म संघीय समाजवादी फोरम नेपालको संघीय समाजवादको सहलेखक पनि हुँ । यो विषय मैले राम्रोसँग बुझेको छु । त्यसको आधारमा पनि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।
छैटौ, पार्टीको कमजोर ढोकाबाट प्रवेश गरेका, संघीय समाजवादी फोरम नेपाल भन्न जानिनसकेका साथीहरुले पनि आप्mनो उम्मेदवारी घोषणा गरी जबरजस्ती भोट तान्ने, आपूmभन्दा सिनियर नेताहरुको अस्तित्वलाई पनि स्वीकार नगर्ने अनि म त उठेउठे भन्नेजस्तो दबाबयुक्त अभिव्यक्ति दिएकाले पनि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।
अरु कुनै सर्वसम्मत हुने उम्मेदवार थियो भने तपाईले आप्mनो उम्मेदवारी घोषणा गर्नुहुन्नथ्यो त्यसो भए ?
हो । मैले त्यसको लागि बहुत पहल गरेको छु । पार्टीका नेताहरुसँग झण्डैझण्डै ५१ चोटि पहल गरे होला, त्यो एकजना व्यक्तिको लागि ।
को हुन् त्यो व्यक्ति भन्न मिल्छ ?
म भन्दिनँ । अब कोही हुन सक्दैन । भोलि परिस्थितिले सिर्जना गर्यो भने र प्रदेश नं १ को जनताको चेतना र त्यहाँका कार्यकर्ताहरुलाई समेट्ने गरी कमसेकम मेरो लेबलको मान्छे वा यो हाम्रो नेता हो भन्ने व्यक्तित्व आयो भने त्यसको बारेमा विचार गर्न सकिन्छ । 
तर अहिले त्यो सम्भावना देखिदैन । मैले अघि पनि भनेँ जोजोसँग अपेक्षा गरेँ सुझाव पनि दिएँ बस्नुपर्छ भनेर उहाँहरुमा नामर्द र कायरतापना देखियो । त्यो कायरपना घटाउनलाई म अगाडि आएको हुँ ।
उम्मेदवारहरु दुई तिनजना देखिएको छ अहिलेसम्म । पार्टीले त सर्वसम्मत नेतृत्व चयनको पहल गर्छ नै । त्यसको आधार के हुनुपर्छ ?
त्यसमा एक, पार्टीको नीति सिद्धान्त बुझेको हुनुपर्छ । दुई, प्रदेश नं १ भनेको विशेष गरेर किरात र लिम्बूहरुको बसोबास क्षेत्र हो । 
किरात र लिम्बू एउटै हो । पार्टी उठ्यो भने मात्रै किरात प्रदेश पाइन्छ लिम्बुवान पनि पाइन्छ शेर्पा प्रदेश पनि पाइन्छ । अबको नेतृत्वको क्षमता र योग्यता भनेको पार्टीलाई बुभ्mने हुनुपर्छ र कम्तिमा शैक्षिक योग्यता पनि हुनुपर्छ ।
तपाईले पार्टी उठाउनका लागि उम्मेदवारी दिएको भन्नुभयो । तपाईहरुको पार्टी पटकपटक निर्वाचनमा भाग लिएको छ । खासगरी पहाडी क्षेत्रमा पार्टी निक्कै कमजोर देखिएको छ । यसको कारण के होला ?
यसको जवाफ त प्रष्ट छ । देख्दाखेरि बहुत अजंगको व्यक्तित्वहरु देखिएका छन् हाम्रो पार्टीमा । 
तर फिल्डमा काम गर्ने र द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमता सिनियर नेताहरुमा देखिएन । विवाद भयो भने बोल्न पनि नचाहने खालका नेताहरु छन् । अब हाम्रो पुस्ताले विवाद पनि फेस गरेर विवाद मिलाउने गरी जानुपर्छ ।
जबसम्म विवाद मिलाइँदैन तबसम्म संगठन उठ्दैन । संगठनविना चुनाव त जितिदैन । 
 


तपाई प्रदेश नं १ को अध्यक्षमा निर्वाचित हुनुभयो भने के के काम गर्नुहुन्छ ?
पहिलो कुरा त अहिले किरात र लिम्बुवानबिच द्वन्द्व देखिएको छ, त्यसलाई मिलाउछु । किनभने म वीर किरातको सुपुत्र हुँ । किरात र लिम्बू भनेको एउटै पुर्खाको दुई सन्तान र दुई सभ्यतामा निर्माण भएको हो ।
तीन, मैले शेर्पाहरुको बारेमा अलिकति अध्ययन गरेको छु । शेर्पाहरु पनि किरात लिम्बूहरुको दाजुभाइभित्रै पर्छन् । त्यो सभ्यतालाई पनि जोगाउँदै जानुपर्छ भन्ने काम गर्छु ।
अर्को संघीय समाजवादी फोरम नेपाललाई मधेसी पार्टी भनिन्छ । पहिला संघीय समाजवादी पार्टीलाई जनजातिको भनियो, पछि अहिले पनि हाम्रो पार्टीलाई मधेसीको भनिन्छ ।
एक नम्बर प्रदेशमा खस र आर्य समुदायका धेरै दाजुभाइहरु हुनुहुन्छ । आदिम भूमि किरात र लिम्बुवानकै भए पनि खसहरुको जनसंख्या धेरै छ एक नम्बर प्रदेशमा । 
खस र आर्यलाई कमसेकम यो पार्टीमा नजिक राख्न सक्नुपर्छ हामीले । र त्यो काम म गर्न सक्छु भन्ने विश्वासको आधारमा म एक नम्बर प्रदेशलाई संघीय समाजवादी फोरममय बनाउछु । 

तस्वीरः विजय चाम्लिङ

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho