सोलु जाँदै गरेको सुमो दुर्घटनामा एकको मृत्यु

शेर्पाखबर

२०७५ अश्विन १, सोमबार


काठमाडौं । काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको टाटा सुमोको जीप उदयपुरको घुर्मीमा दुर्घनना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना विदेशी नागरिक गम्भिर घाईते भएका छन् ।
ए वान सिटिभिलेज यातायात प्रा.लि.को ना १ ज ७९६९ नंबरको जीप बादुरा खोला तरेपछि दिउँसो साढे एक बजे दुर्घटनामा परेको हो । जीपमा चालक, दुई विदेशी नागरिक र ६ जना नेपाली नागरिक सवार थिए । सडकबाट करिब ७० मिटर तल जीप खसेको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका विदेशी नागरिकलाई उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं ल्याउने तयारी भैरहेको दुधकुण्ड यातायात प्रा.लि. चाबहिलका काउण्टर इचार्ज विकास बस्नेतले बताए । अन्य यात्रुहरु सामान्य घाइते भएका छन् । विस्तृत विवरण आउन बाँकी रहेकाले मृतक र घाइते यात्रुहरुको पहिचान खुलेको छैन ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho