लाक्पाछेती शेर्पा ‘कृषिबाट करोडपति’

मानवी मोक्तान

२०७५ अश्विन १, सोमबार


धनकुटाको छथर जोरपाटि गाउँपालिका वडा नम्वर १ फलैचाका लाक्पाछेति शेर्पा कुनै समयमा बनीबुतो गरेर जीविकोपार्जन गर्ने अहिले तरकारी खेतीबाट मनग्य आम्दानि गरिरहेका छन् । आजभन्दा लगभग ३० वर्ष अगाडिको कुरा हो, उनी अर्काको काम गरेर आफ्नो परिवार पाल्थे । त्यतिखेर अहिलेको जस्तो बाटो घाटो बजारको सुबिधा पनि थिएन ।

मकै र आलु खेती गर्थे त्यसले खान पुग्दैन थियो । अहिलेको जस्तो गाडी चल्दैन थियो । त्यो बेला रातको १२ बजे उठेर आलु बेच्नको लागि जिल्लाको धनकुटामा लाग्ने गरेको विहिवारे हटियामा लिएर जानुपर्ने उनले सुनाए । आलुको भाउ चाराना केजीमा बेचेर के जीवन धान्थ्यो र बिस्तारै गाडीको बाटाहरू बन्न थाले । त्यस समयमा सडक बनाउने काम गर्दा पनि दुईबोरा माटो बोक्दा ५ पैसाको चिठामा पनि काम गरेको सम्झना उनले सुनाए ।

गरिबीका कारण शिक्षाबाट बञ्चित लाक्पाले क, ख, भन्दामाथि सिक्न पाइएन । फुसकै छानाको घरमा अधा जीवन कटाइसकेका उनले अफ्नो मेहनत, हिम्मत र लगनशिलतालाई आत्मासाथ गर्दै अज मनग्य अम्दानी गर्न सक्ने भए । आफू जस्तै नहोस भनी छोराछेरीलाई शिक्षित बनाउन लागि परे । २०४६ सालपछि यातायातको सुबिधा हुन थालेसँगै व्यवसायिक रुपमा तरकारी खेती गर्नेतर्फ उनी लागिपरे । सुरूमा त खसै आम्दानि राम्रो नभएपनि बहुउद्देश्यीय कृषि समूह गठन गरेर आधुनिक खेती गर्ने थाले । समूह गठनपछि छलफल एकआपसमा विचारहरू साटसाट, नयाँनयाँ योजना, विउ बिजनहरू उपलब्ध हुन थालेसँगै तरकारी खेतीले व्यवसायिक फाइदा हुन थाले ।

यसरी सुरु भयो प्रगति

हिउँदमा मटरकोसा र वर्खायाममा काउली, बन्द, मुला र आलु खेती लगाउन थाले । हिउँदमा मटरकोसाबाट ३ लाख आम्दानि लिने गरेको लाक्पाले बताए । काउली, बन्दबाट ११ देखि १२ लाख र आलु, मुला खेतीबाट ३ देखि ४ लाखसम्म आम्दानी गरिरहेको उनले सुनाए । अहिले तरकारी खेतीबाटै ८ जनाको परिवारमा पालनपोषण, पढाई खर्च पुर्याएर वार्षिक ५ लाखसम्म बचत गर्दै आएको उनले बताए । अहिले छोराहरू पनि तरकारी खेतीमै लागेका छन् भने एउटी छोरी डिग्रि र अर्की छोरिहरू पनि आफ्नो पढाई अगाडि बढार्इरहेकाछन् । उनले अहिले तिनतले घर पनि बनाइसकेका छन् । तरकारी खेतीको कृषि प्राविधिक ज्ञान नलिएपनि विभिन्न संस्थाबाट पाएको ज्ञान नै उनका लागि ठुलो सीप बने । कृषि तालिमहरू लिएर खेती गर्दा सुधार हुने उनी बताउँछन् सामुहिक रुपमा खेती गर्न नथालेको भए अहिले यस्तो सफलता नमिल्ने थियो, शेर्पाले सुनाए । उनीहरुले अहिले पालैपालो उब्जनी गरेको बताए । एकले बालि लगाउदा अर्कोले काउली, अर्काले आलु, मुला जस्ता खेती मिलाएर गर्ने गरेको बताए । यस तरिकाको खेतीले अरुअठाउँका तुलनामा माटोको उर्वरा शक्ति ह्रास हुनबाट बचाउन केही मदत गरेको बताउँछन् । सुरुसुरुमा अर्गानिक मल प्रयोग गरी ७ केजिसम्मको बन्द उत्पादन गर्न समेत सफल भएको पनि जानकारी दिए । साथै नेपाल ग्रिन संस्थाले परीक्षणका लागि दिएको बिउ उत्पादन राम्रो भएपछि काम गर्दा लागउन सेफ्टि लुगा, गम्बुटहरू दिएर सहयोग गरेकोमा खुशी लागेको बताए ।

सम्बन्धित निकायलार्इ अनुरोध

लगानी नहुने, पैसा नहुने किसानहरुका लागि सस्तो व्याजदरमा ऋणको व्यवस्था, उत्पादनमा पनि कति उत्पादन गर्ने ? माग कति छ ? त्यसको आधारमा सरकारले नै तोकि दिए किसानलाई राम्रो हुने सुझाए । कहिलेकाही बजारको मागभन्दा बढी उत्पादन हुँदा बजार भाउ भनेजस्तो नपाएको गुनासो गरे । बजारको अभाव, भन्सार कर बढी देखाएर पाउनुपर्ने मूल्य नपाउने समस्या रहेकोले यस्ता समस्याहरू समाधान गरिदिए सम्बन्धित निकायले किसानलाई धेरै सहुलियत हुने शेर्पाको भनाई छ ।
तरकारी खेतीमा समस्या देखा पर्न थालेकाछन् ।

अहिले रातो आलुमा आँखा पाक्ने समस्याका कारण तेस्को ठाउँमा सेतो आलु खेती गर्न थ लेका छन् । कोरेनेट जातका बन्दामा रोग लाग्न थालेपछि अहिले नेपाल ग्रिन जातका खेती गर्न थालेका छन् ।

कृषि खेती गरे विदेश यही

तरकारी खेतीमा मेहनत गरे विदेश जानु नपर्ने उनको भनाइ छ । अर्काको देशमा जस्तै आफ्नै देशमा १२ घण्टा काम गरे यही मनग्य कमाउने उनले बताए । कृषिमा एकैचोटि त आम्दानि नभएपनि मेहनत गर्न सके बिस्तारै राम्रो आम्दानी हुने उनको अनुभव छ । उनी विभिन्न बाधा, अड्चन समस्यासँग लडेर मात्रै सफल भएको बताए । उनले भने, अहिलेका यूवाहरू एकैचोटि सफलता खोज्जछन् । दुःख, मेहनत नगरी केहीमा पनि सफल हुदैन । भने तरकारी बालिको मल लागि अनिवार्य पशुपालन गर्न सकिए झनै राम्रो हुने बताए ।

@sailungonline

मानवी मोक्तानका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho