पार्टीलाई ‘पहिलो बनाउन’ प्रदेश नं. १ मा उम्मेदवारीः ढाक्रे

ङावा शेर्पा

२०७५ अश्विन १, सोमबार


काठमाडौं (शेर्पाखबर) । संघीय समाजवादी फोरम नेपालको प्रदेश समिति गठन अभियान तिव्र रुपमा अघि बढीरहेको छ । जसअन्तर्गत आगामी अशोज ९ र १० गते १ नम्बर प्रदेश समिति गठन गर्न लागेको हो । विराटनगरमा भेला आयोजना गरी प्रदेश सभा घोषणा गर्न लागेको सहइन्चार्ज पर्शुराम वस्नेतद्धारा विज्ञप्ति जारी गरी जानकारी दिए । 
समिति गठनका लागि भदौं २१ गते धरानमा त्यस प्रदेश अन्तर्गत क्षेत्र पर्ने विभिन्न प्रदेश समन्वय समितिका पदाधिकारीसहितको भेला आयोजक समिति गठन गरिएको विज्ञप्तिमा जनाएको छ । शेर्पालुङ, किरात, लिम्बुवान र मधेश प्रदेशका प्रतिनिधी सहितको सहभागितामा प्रदेश गठन गर्न लागेको हो । पार्टीको १० प्लस १ प्रदेशको अडान जारी रहेपनि बर्तमान राज्यले तोकेको प्रशासनिक संरचना अनुसार पार्टीको प्रदेश संरचना निर्माण गर्न लागेको जनाएको छ । पार्टीले पहिचानसहितको प्रदेश र स्वायत्त क्षेत्रको अडानलाई शसक्त रुपमा अघि बढाउँदै आएको जनाउँदै विज्ञप्तिमा भनिएको छ‘राज्यको विशेष संरचनाको रुपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैरभौगोलिक विशेष क्षेलाई राजनीतिक संरचनाको रुपमा कायम राख्दै हाम्रो पार्टीले सात प्रदेशलाई प्रशासनिक संरचनाको रुपमा अघि बढाउने निर्णय लिएको छ ।’
भेलालाई सफल पार्न मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवको संयोजकत्वमा आर्थिक, कार्यक्रम हल, आवास, भोजन लगायत व्यवस्थापन गर्न प्रदेश सांसद जयराम यादव, स्वयमसेवक परिचालन गर्न महन्तलाल यादव र प्रतिनिधी व्यवस्थापनका लागि भिम राईलाई जिम्मेवारी तोकिएको छ । 
पार्टी अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने सभामा पार्टी पदाधिकारी, राजनीतिक समितिका सदस्य, एक नम्बर प्रदेश भित्रका केन्द्रीय सदस्य, सल्लाहकार समिति, केन्द्रीय निकाय र केन्द्रीय परिषद सदस्यलाई समेत उपस्थितीका लागि आह्वान गरेको छ ।
केन्द्रीय सदस्य राइद्धारा उम्मेदवारी घोषणा
यसैवीच भेला आयोजनाको तयारी भै रहँदा प्रदेशको नेतृत्वको लागि केन्द्रीय नेतृत्वले आ–आफ्नो दाबी प्रस्तुत गरेको छ । केन्द्रीय सदस्य जुद्धबहादुर राई ढाक्रेले प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेका छन् । राजधानीमा पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी रहेको जानकारी दिए । प्रदेशमा पार्टीले पहिलो स्थानमा उभ्याउनपनि आफूले प्रदेशको नेतृत्व दाबी गर्न लागेको जनाउँदै नेता ढाक्रेले भने ‘प्रदेशमा पार्टीको अहिलेको अवस्थालाई आमूल परिवर्तनका लागि मेरो नेतृत्व जरुरी छ । त्यसैले पार्टीले मलाई नेतृत्व दिनुहुनेछ भन्ने लागेको छ ।’ उनले अघिथपे ‘हामीले यतिवेला कुरा गर्ने भन्दापनि काम गरेर परिणाम देखाउनुपर्ने अवस्थामा छौं । अब पार्टीलाई पहिलो नम्बरमा पुर्याउनका लागि पनि मैले प्रदेशको नेतृत्व लिनुपर्छ ।’ प्रदेश समिति सहमतिबाट चयन हुने संभावना झिनो हुँदै गएको बताउँदै उनले पार्टीले सहि व्यक्तिलाई प्रदेशको नेतृत्व दिनुपर्ने दाबी गरे । 
करिव ५ सय ५० प्रतिनिधी सहभागि हुने भेलाले आफूलाई नेतृत्वमा चयन गरेर पार्टीको भविष्य उज्ज्वल बनाउने अभियानमा सघाउन समेत नेता ढाक्रेले आह्वान गरे । ढाक्रे पार्टी स्थायी समिति सदस्य समेत हुन् । उनी संघीय समाजवादी पार्टी निर्माणका वेला विधान मस्यौदा समितिका सदस्य समेत थिए ।
ढाक्रेसँगै प्रदेश नम्बर एकको नेतृत्वको लागि नेता प्रविण चाम्लिङ, भूपेन्द्र नेम्बाङ लगायत अघि सरेका छन् । सहमतिमै नेतृत्व चयन गर्ने आफूहरुले छलफल गरिरहेको पार्टी उच्चस्रोतले शेर्पाखबरलाई जानकारी दिए । 
  

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho