ओखलढुंगा ‘कला–साहित्य समाज’को साधारणसभा

सार्की शेर्पा

२०७५ भाद्र ३१, आईतबार


काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा जिल्लाका कलाकार–साहित्यकारहरुको छाता संस्थाको  रुपमा ओखलढुंगा कला–साहित्य समाजको प्रथम साधारणसभा सकिएको छ । गम्बु शेर्पाको अगुवाईमा तदर्थ समिति गठन भई आधिकारिता पाएको संस्थाको साधारणसभा शनिबार (भदौ ३०) मा राजधानीमा सम्पन्न भएको हो । 
गायन, संगीत र सामाजिक सेवाको क्षेत्रमा समेत कहलिएका गम्बु शेर्पा क्रियाशिल पत्रकार लिला श्रेष्ठको अगुवाइमा केही समयअघि संस्था गठन भएको थियो । 
कला र कलाकारको सम्मानसहित, ओखलढुंगका र जिल्लाबाट विभिन्न पेशा, व्यवसाय, रोजगारीका लागि देश–विदेशमा छरिएर रहेका ओखलढुंगाका सम्पूर्ण कलाकार–साहित्यकारलाई एकजुट बनाउने एक आधिकारिक संस्थाको परिकल्पनासहित संस्था स्थापना गरिएको अध्यक्ष शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
प्रथम अधिवेशनले नयाँ नेतृत्व चयनसाथै राष्ट्रियगानका रचयिता ब्याकुल माइला संरक्षक, वरिष्ठ गायक नविन ढुंगेलको संयोजकत्वोमा सल्लाहकार सभा गठन गरिएको छ । ‘गायक–संगीतकार शक्तिकुमार श्रेष्ठ, गायक–संगीतकार महाप्रसाद खनाल, लोकगायक माधव दाहाल, पत्रकार बिनोद दाहाल, बल बहादुर परियार, साहित्यकर्मी  चेतनाथ धमला, कलासाधकहरु एवं विशिष्ट व्यक्तिहरुको सल्लाहवमोजिम संस्थाको उदय भएको छ ।’ पत्रकार श्रेष्ठले भने ।
नवगठित समाजको बरिस्ठ उपाध्यक्षमा राज राई, उपाधक्ष्य ल्हेम्हु शेर्पा, महासचिव लिला श्रेष्ठ, सचिव, सृजन रोकेमी   राई, कोषाध्यक्षमा जिबन  बोम्जन, सह–कोषाधक्ष्यमा मिना नेओआल दाहाल रहेका छन् भने सुमन कार्की, भिम सुनुवार, गोपाल सेन्चुरी, कृष्ण कट्टेल, गान्धर्भ राज पौडेल, अर्जुन श्रेष्ठ, जितेन्द्र  बानिया,  मोहन घिमिरे, प्रकाश शाक्य, नारायण राई, रामनाथ घिमिरे, प्रलाप राई लगायत सदस्य छन् । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho