शेर्पा सञ्चारको अध्यक्षमा निम्लेकी निर्वाचित

फूर्वा शेर्पा

२०७५ भाद्र ३१, आईतबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा सञ्चार समूहको पाँचौ महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले निमलेकी शेर्पालाई नयाँ नेतृत्वको लागि निर्वाचित गरेको छ । 
नयाँ कार्यकालको लागि भएको निर्वाचनमा निकटतम प्रत्यासी लाक्पा सोनाम शेर्पालाई पाँच मतले पछि पार्दै शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पा यसअघि महासचिव थिइन् । त्यस्तै, उनका प्रत्यासी लाक्पा सोनाम यसअघि बरिष्ठ उपाध्यक्ष थिए । त्यस्तै, महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा मिनकुमार शेर्पा, महासचिवमा पासाङ शेर्पा, सचिवमा ङावाङ सेरा शेर्पा निर्वाचित गरेको निर्वाचन मण्डलका अध्यक्ष आचार्य नुर्बु शेर्पाले सञ्चारकर्मीहरुलाई जानकारी दिए । बरिष्ठ उपाध्यक्षका लागि दाबुटी शेर्पा, महासचिवका लागि सोनाम याङजी शेर्पा र सचिवमा नुरु शेर्पा समेत प्रत्यासी थिए । उनीहरु क्रमशः ३–३ र १ मतले पछि परे । उपाध्यक्षमा कर्मा शेर्पा, सदस्यहरुमा पेम्वा शेर्पा, ङावाङ छिरी शेर्पा, कर्मा रिन्जी शेर्पा, डोल्मा शेर्पा, पेम्वा शेर्पा लगायत ११ सदस्यीय कार्य समिति रहेको जनाएको छ । 
आम संचार क्षेत्रमा शेर्पाको व्यापक सहभागिता, संचार क्षेत्रलाई व्यावसायिकरण गर्ने हाम्रो प्रतिवद्धता आदर्शका साथ आयोजित महाधिवेशन सांसद जिपछिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा सञ्चारसँग आबद्ध रही सगरमाथाको सफल आरोहण गरे वापत डोमा शेर्पा र दाबुटी शेर्पालाई सम्मान गरे । 
महाधिवेशन उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताहरुले शेर्पा समुदायमा मिडियाको दीर्घ सञ्चालन सम्वन्धी योजना बन्न नसकेको धारण राखे । मिडियाविहिन समाजले गति लिन नसक्नेमा जोड दिँदै उनीहरुले समाज रुपान्तरणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने र सञ्चारसंस्थाको वृत्तिविकास र क्षमता अभिवृतिका लागि संगठनले भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा विश्व पवर्तारोहण महासंघका आङ छिरिङ शेर्पा, टानका महासचिव आङ पेम्बा शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लगायतले आफ्नो धारण राखे । कार्यक्रममा प्रदेश नम्बर ३ का सदस्य आङ देण्डी लामा शेर्पा, प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा, युवा अगुवा फुरलाक्पा शेर्पा लगायत विभिन्न सामाजिक संस्थाका अगुवाहरुको उपस्थिती थियो । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho