३३ किलो सुनप्रकरणः ‘डिएसपी राउतलाई थुनामै राख्नू !’

शेर्पाखबर

२०७५ भाद्र २९, शुक्रबार


मोरङ । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) सञ्जयबहादुर राउतलाई थुनामा राखेर मुद्दाको प्रकृया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले राउतलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो ।
जल्लाको आदेशविरुद्ध परेका २० वटा निवेदन समय अभावका कारण हेर्दा हेर्दैमा राखिएको छ भने ४ वटा निवेदन प्रतिवादी कानुन ब्यावसायीहरुले नै सारेको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए ।

राउत पक्राउ पर्नुअघि इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत थिए । राउतले त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा तस्करीको सुन कटाए बापत चुडामणि उप्रेती गोरेबाट १२ लाख रुपैयाँ लिएको भेटिएको छ ।

राउतले भने अदालतमा इन्कारी बयान दिएका थिए ।

@अनलाईनखबरबाट

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho