तलब नदिएको भन्दै ‘किन्जा हाइड्रोमा काम ठप्प’

मिङमार शेर्पा

२०७५ भाद्र २७, बुधबार


ओखलढुं्गा (शेर्पाखबर) । सोलुखुम्बुमा सञ्चालित एम. भी. दुगर्ड हाइड्रो डिभिजन कम्पनीका कर्मचारीहरु आन्दोलित भएका छन् । खाईपाई आएको सुविधा तलव, भत्ता कम्पनीले समयमा उपलब्ध नगराएको भन्दै मजदुरद्धारा काम ठप्प पारेका हुन् । 
कम्पनीमा कार्यरत २ सय १ जना मजदुरहरुले समयमा सुविधा उपलब्ध गराउन हाइड्रोको डिभिजन कार्यालय किन्जामा मागपत्र पेश गरेपनि सुनुवाई नभएपछि काम ठप्प पारेको एक मजदुर ङिमा शेर्पाले जानकारी दिए । सोलुखुम्बुमा निर्माधिन हाइड्रोमा कार्यरत मजदुरहरुले भाद्र २५ गतेसम्मपनि आफूहरुले पाउने तलव नपाएको गुनासो गरेका छन् । कम्पनीले तलव समयमा उपलब्ध नगराउँदा दैनिक जीवनयापनमा समेत समस्या उत्पन्न भएको भन्दै उनीहरुले समयमै माग पूरा नगरेसम्म काममा नफर्किने अडान अघि सारेका छन् । 
मजदुरहरुले महिनाको ७ गतेभित्र अनिवार्य तलव निकासा हुनुपर्ने, समान पोष्टमा नियूक्ती पाएका मजदुरको सुविधापनि समान हुनुपर्ने, यसअघि सहमति अनुसार पोष्ट र सुविधा बढाउनुपर्ने मजदुरको सुविधा तत्काल बढाउनुपर्ने लगायतका माग सारेका छन् । 
हाइड्रोको फिल्ड कार्यालयले माग पत्र बुझेपनि पहलकदमी अघि बढाएको भने छैन । समयमै काम सक्ने गरी अघि बढेको हाइड्रोको काम रोकिएपछि अन्यौत थपिएको छ । मजदुरको मागबारे बुझ्न कम्पनीका अधिकारीहरुसँग सम्पर्क गर्दा कोही सम्पर्कमा आउन चाहेनन् ।     
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho