टिगान टिम टानद्धारा सम्मानित

फूर्वा शेर्पा

२०७५ भाद्र २७, बुधबार


काठमाडौं (शेर्पाखबर) । ट्रेकिङ गाइड एशोसियसन अफ नेपाल टिगानका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिसन अफ नेपाल टानले टिगानका पदाधिकारीलाई सम्मान गरेको हो । अध्यक्ष नवराज दाहालको अध्यक्षता टानकै सभाकक्षमा आयोजित एक कार्यक्रमकावीच टिगानका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए । 
टान मालिक र टिगान मजदुरहरुको संगठन हो । टिगानको भाद्र २४ गते सम्पन्न छैटौं साधारणसभाले कर्णबहादुर घलेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
समितिको उपाध्यक्षमा दिकी शेर्पा र जाङबु शेर्पा चयन भएका छन् । जाङबु यसअघि पनि उपाध्यक्ष थिए भने दिकी सहकोषाध्यक्ष, सार्की शेर्पाले महासचिव, कोषाध्यक्षमा काले शेर्पा पिनासा, सचिवमा जिवि राई र सहकोषाध्यक्षमा सोनामा टासी शेर्पा त्यस्तै, ८ जना सदस्य मध्ये दुई जना महिला डोल्मा तामाङ र फुर्लमु लामा शेर्पा  छन् । 
करिव १ हजार ५ सय सदस्य आबद्ध रहेको टिगानको स्थापना कालदेखि नै घलेले नेतृत्व सम्हाल्दै आएका थिए । उनी निरन्तर तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।  
बधाई तथा सम्मान कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले टिगान र टान पर्यटन व्यवसायमा एक रथका दुई पांग्रा जस्तो भएकाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘टिगानसँग नियमित समन्वय र सहकार्यसहित अघि बढ्न हामी आतुर छौं । मिलेर अघि बढौं ।’ अध्यक्ष दाहालले भने ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho