जाङमु शेर्पाको मिस मंगोल यात्रा

शेरी शेर्पा

२०७५ भाद्र २७, बुधबार


काठमाडौं (शेर्पाखबर) । सौन्दर्य प्रतियोगिताहरुको भिडमा लामो समयदेखि आयोजना हुँदै आएको अर्को पृथक नाम हो ‘मिस मंगोल नेपाल ।’ यतिवेला राजधानीमा मिस मंगोलको दशौं संस्करण चलिरहेको छ । जस अन्तर्गत प्रतिस्पर्धीहरुलाई विभिन्न तालिम, अनुभवहरु सुनाउने कार्यहरुपनि भैरहेका छन् । 
मिस मंगोल अर्थात मंगोलियन मूलकाहरुले मात्रै सहभागि हुन पाउने प्रतियोगितामा यस पटक टप १९ मा मंगोल समुदायका विभिन्न जातिका सुन्दरीहरुले सहभागि जनाएका छन् । जसमध्ये एउटा नाम हो ‘जाङमु शेर्पा ।’ उनी आफूलाई ‘जाङमु इनन शेर्पा’ भनेर चिनाउन रुचाउँछन् ।
अनौपचारिक, औपचारिक कार्यक्रमहरुको उद्घोषणबाट समुदायमा चिनेकी शेर्पा बाल्यकालदेखि नै यस्तै विभिन्न प्रतिस्पर्धामा सहभागि भएकी छिन् । उद्घोषणसँगै कलाकारिता, मोडलिङ क्षेत्रमा पाइला अघि बढाएकी शेर्पाले यतिवेला मिस मंगोलका लागि आफूलाई निकट दाबेदारको रुपमा प्रस्तुत गर्दै आएकी छन् । मिस मंगोलको टप १९ मा पर्न सफल जाङमुले आफूमा भएको क्षमतालाई प्रस्तुत गर्ने माध्यमका रुपमा मिस मंगोललाई लिएकी छन् । उनी भन्छिन् ‘म यस पटक अर्थात मिस मंगोल २०१८ मा छानिएँ भने सिंगो मंगोल समुदाय र मुलुककै हितका लागि आफूभित्र रहेको सम्पूर्ण क्षमतालाई भरपूर प्रयोग गरेर काम गर्ने छु ।’ सौन्दर्य प्रतियोगिताहरुले क्षमता प्रस्फस्टन गर्ने दरिलो मञ्च निर्माण गर्ने बुझेकी जाङमुले ‘सामाजिक कार्यहरुमा आफ्नो अभिरुची’ समेत व्यक्त गरिन् । ‘मिस मंगोलले मेरो जीवनको ‘युटर्न’पनि हुन सक्छ तर जसका लागि यहाँहरुको माया र सहयोग जरुरी छ ।’ उनी थप्छिन् ‘आफूभित्र भएका प्रतिभालाई सामाजिकीकरण गर्न खोज्दैछौं । एक पटक अवसर दिनुनै हुनेछ भन्ने लागेकोछ ।’ 
संखुवासभा मकालू पुख्र्यौली घर भएपनि उनी यतिवेला राजधानीमै वस्छन् । राजधानी मै अध्यायन गरेकी जाङमु समुदायका हितका लागि आफू निःस्वार्थ रुपमा लागि रहेकी बताउँछन् । शेर्पा कलाकार संघका कोषाध्यक्ष समेत रहेकी शेर्पा यसैको माध्यमबाट आम कलाकारहरुको पेशागत सुरक्षा, रोयल्टी, सांस्कृतीक गतिविधि लगायतको क्षेत्रलाई पद्धतीमा ल्याउन योजना समेत बुनिरहेकी बताउँछन् ।
चर्चित नायक पल शाह, शेर्पा समुदायका चल्तीका गायक लाक्पा शेर्पा अमोद लगायतसँग म्यूजिक भिडियोमा अभिनय गरेर ख्याती कमाएका शेर्पा कार्यक्रम सञ्चालनको दौडानमा देशविदेशका मञ्चहरुमा पुग्छिन् । नृत्यमा समेत राम्रो दख्खल राख्ने जाङमुले विभिन्न सांस्कृतीक कार्यक्रममा आफूभित्रको कलालाई प्रस्तुत गरिसकेकी छन् । 
शेर्पा समुदायको भाषा, संस्कार, संस्कृती र परम्परागत मान्यताप्रति उत्तिकै सचेत रहेकी जाङमु समुदायको हित र श्रीबृद्धिका लागि आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने बताउँछिन् । 
आगामी भाद्र ३० गते ललितपुरमा मिस मंगोलको फिनाली हुदैछ मिस मंगोलको ताज पहिर्याउनका लागि सबैको सहयोग खाँचो रहेको बताउँदै उनीले भोटका लागि समेत आह्वान गरिन् । उनी भन्छिन् ‘मलाई मिस मंगोलको उपाधी दिलाउनका लागि MM  02  type 34343 मा मेसेज गरेर भोट दिनुहोस् ।’ 

शेरी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho