टिगानको अधिवेशनमा ‘पेशागत सुरक्षामा जोड’

लाक्पा जी शेर्पा

२०७५ भाद्र २४, आईतबार


काठमाडौं (शेर्पाखबर) । ट्रेकिङ पथ प्रदर्शकहरुको साझा संगठन ट्रेकिङ गाइड एशोसिएसन अफ नेपालको छैटौं अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले पेशागत सुरक्षालाई मुख्य अजेन्डासहित अघि बढाउनेमा जोड दिएको हो । 
अध्यक्ष कर्णबहादुर घलेको अध्यक्षतामा पर्यटन बोर्डको सभाहलमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयनका लागि अभ्यास गरिररहेको छ । 
उद्घाटन कार्यक्रममा महासचिव राजेन्द्र रम्तेलले संस्थाको गतिविधिबारे सभालाई जानकारी गराए भने कोषाध्यक्ष काले शेर्पा पिनासले संस्थाको आर्थिक प्रतिवेदन पेश गरे । त्यस्तै, उपाध्यक्ष राजेन्द्र आचार्यले स्वागत मन्तव्यको क्रममा आफू कम्पनी स्थापना गरेर व्यवसायमा लागेकाले टिगानमा नरहने घोषणा गरे । कार्यक्रममै वर्तमान महासचिव रम्तेललेपनि आफू कम्पनीको मालिक भएकाले अब टिगानको कार्यकारी पदमा रहन विधानता नमिल्ने भएकाले आफू कुनै पदको दाबी नगर्ने घोषणा गरे । 
खुल्लासभामा बुद्धिजम सम्वन्धि पाँच दिने तालिम दिएका करिव ९० जना सहभागिलाई प्रमाणपत्र समेत वितरण गरे भने वर्तमान कार्यसमितिका पदाधिकारीलाई मायाको चिनो प्रदान गरे ।
संस्थाको गतिविधि बारे मञ्चमा बोल्ने वक्ताहरुले गाइडहरुको पेशागत हितको विषयमा नीति बन्नुपर्ने विषयलाई जोडतोडले उठाए । अध्यक्ष घलेले भने ‘हामी उमेर र शरीरमा बल छाउन्जेलको लागि मात्रैको कामदार हौं । हाम्रो शारीरिक क्षमता कमजोर हुँदै जाँदा हाम्रो पेशाहरु संकटमा पर्छन । हामीलाई कामबाट निकालिन्छ । यस्तो अवस्थामा हामी रोजिरोटी विहिन हुन्छौं । यो आम पथ प्रदर्शकहरुको साझा समस्या हो । यसखाले समस्याको दीर्घकालिन समाधानको लागि अब सोच्नुपर्दछ । हामीले राज्यको निकाय, ट्रेकिङ एजेन्सीहरुलाई समेत यसबाट ध्यानाकर्षण गराउँदै आएका छौं । यस अधिवेशनले यस विषयलाई मूख्य एजेन्डाको रुपमा अघि बढाओस् ।’
घलेले थपे ‘हामीलाई एजेन्सीले हायर एण्ड फायर’ गरिरहेको छ । यसबाट हामीले व्यवसायीक मागहरु बढायौं भने कम्पनीले तपाईलाई कमप्लेन आएको छ । हामी काम दिन सक्दैनौं । भनेर कामबाट निकालिन दिनु हुन्छ । यसबाट हामी पेशागत संकटमा पर्छौं । यस्तो मनलाग्दी अवस्थामा हामीले कसरी हाम्रो पेशालाई दिगो बनाउने भन्ने बारे सोच्नुपर्ने बेला आएको छ । खासखासमा राज्यको नीतिपनि सही रुपमा बन्नुपर्ने देखिन्छ ।’

कार्यक्रममा अन्य वक्ताहरुले यसो भनेः
अध्यक्ष, कर्णबहादुर घलेः

– नेपाल माउन्टेरिङ एकेडेमीबाट विशेष पुनताजाकी तालिम लिएका गाइडहरुको मात्रै पथ प्रदर्शक इजाजत पत्र नविकरण हुने व्यवस्था गर्नुपर्छ । 
– पथ प्रदर्शक कल्याणकारी कोषको स्थापना र राज्यबाट ५० प्रतिशत कोषमा रकम जम्मा गर्ने व्यवस्था हुनुपर्छ । 
– संचय कोषको व्यवस्था गर्ने र गाइडहरुको हितमा कोषको कार्यान्वयन गर्ने । 
– पर्यटनसँग सम्वन्धीत ऐनमा लेखिएका कुराहरु कतिपय संशोधन र भएकालाई कडाईका साथ लागू गर्न राज्यका निकायहरु लागि पर्नुपर्ने  । 

कोषाध्यक्ष, काले शेर्पा पिनासा
– तालिमको जरुरी छ । राज्यले तालिम दिने व्यवस्था गर्नुपर्छ । 
– पैसा हैन, क्षमता अभिवृद्धि गर्ने खाले कार्यक्रम चाहियो । 
– नेपाल पर्वतारोहण संघ, टानबाट मजदुर युनियनको नाममा लाखौं रकम बर्षेनी लगिरहेको छ । मजदुरको हितमा काम गर्ने भनेर रकम लिने र होटलमा दुई दिन मासुभात खाएर रमाइलो गरेर सक्ने परिपाटी छ । यसलाई अन्त्य गर्नुपर्छ । अब हामी त्यसो हुन दिँदैनौं । 
– राजनैतिक दल सम्बद्ध मजदुर युनियनको नामबाट भएको आर्थिक घोटला र वेथितिको अन्त्य होस् । 
– वर्तमान विकृतीहरु जुन पर्यटन क्षेत्रमा देखिएको छ । त्यसलाई अन्त्य गर्दै राज्यबाट ठोस् नीति नबने कडा आन्दोलन र संघर्ष गर्न हामी पथ प्रदर्शकहरु तयार हुन्छौं ।
केसर श्रेष्ठ, अध्यक्ष (नेपाल माउन्टेरिङ लिडर एशोसिएसन नेपाल)
– १९ हजार गाईडहरु छन् तर सबैलाई आफ्नो पेशाप्रति चिन्ता छैन । अब टिगानमा आबद्ध हुनुपर्ने अनिवार्य व्यवस्था होस् । 
– पथ प्रदर्शकहरुको विवरण टिगानले राख्ने व्यवस्था होस् । यसमा बोर्ड विभागले समेत सहयोग गरोस् । 
– ‘हाम्रो विवरण हामीसँग हुनुपर्छ ।’ म बारे अरुबाट जान्ने हैन । आफैले आफूबाट जानकारी होस् । अर्थात पथ प्रदर्शकहरुको बारेमा पर्यटन बोर्ड, विभाग र टिगानबाटै थाहा होस् । 
– रेस्क्यूको कुरा गर्दा वर्तमान राज्यले अघि सारेका नीतिहरु व्यवहारिक छैनन् । राज्यको निकाय चुस्ता नहुँदा नीतिहरु मात्रै बनाएर हुँदैन । रेस्क्यू भनेको ‘अन दि स्पोत’ छिनभरमै गर्नुपर्ने विषय हो । हाम्रो राज्यको वर्तमान व्यवस्थालाई हेर्ने हो भने निवेदन दिने, तोक लगाउने गर्दै २४ घण्टा वित्छ । उता आधा घण्टा ढिला भयो भने मानिसको ज्यानै जान्छ । त्यसैले हचुवामा निर्णय नहोस् । यसलाई थप व्यवस्थित गर्न सबै जिम्मेवार हुनैपर्छ ।
– हाम्रो पेशागत सुरक्षाको विषयलाई हामी गम्भिर हुनुपर्छ र राज्यबाट नीति निर्माणको लागि दबाब सिर्जना गर्नुपर्छ । 
लाक्पा फुटी शेर्पा
पूर्व कार्यकारी निर्देशक, नेपाल माउन्टेरिङ एकेडेमी

– क्षमता अभिवृद्धि गर्ने खाले कार्यक्रमहरु जारी राखेर गुणस्तरीय पर्यटनमा जोड दिने । 
– पुनः ताजागी सम्वन्धी तालिमहरु निरन्तर सञ्चालन गर्ने र समन्वयको विधि अपनाउने । 
– अन्तर्राष्ट्रियस्तरको गाइडहरु उत्पादन गर्ने खाले तालिमहरु आयोजना गर्ने । 
– संख्यामा भन्दापनि गुणस्तरमा जोड दिने । 
– पेशाप्रति उत्तरदायी हुने । 
– बर्षभरी गाइडहरुले काम पाउने वातावरण सिर्जना गर्ने । जसको लागि स्कीको नयाँ अध्याय शुरु भएको छ । यसलाई थप व्यवस्थित र व्यवसायीक बनाउने । 
– पर्यटनसँग सम्वन्धित स्थानीय पहिचान दिने संकेतहरुको प्रयोग गर्ने । 
– सामाजिक सञ्जालमा भइरहेको छाडापनलाई रोक्ने । मुलुकको बारेमा सकारात्मक सन्देश प्रवाह गर्ने । 
आङ पेम्बा शेर्पा, महासचिव (टान) 
– समन्वय, सहकार्य गरेर अघि बढ्न टान सदैव तयार छ । 
– हामीसँग भएका बजेट परिचालन गर्न सकेका छैनौं । पर्यटन बोर्डले दिनुपर्ने बजेट अहिलेसम्म निकासा गरेको छैन । यस्तो अवस्थामा हामीले गर्ने भनिएको कार्यक्रमहरु रोकिएको छ । 
– सरकारसँग समन्वय गरेर अघि बढ्ने वातावरण कतिपय अवस्थामा राज्यले नै सिर्जना गर्न सकिरहेको छैन । 
– तीन हजार मिटर भन्दा माथि अनिवार्य पथ प्रदर्शक लाने व्यवस्था गरेको र यो हितमा छ ।
– मजदुर युनियनको माग ३० दिन भित्र पूरा नभए ताला लगाउने धम्कीपनि छ । धम्कीबाट भन्दा पनि समन्वय र छलफलबाट समाधान खोजिनुपर्छ भन्ने लाग्छ । 
– ४० प्रतिशत तलब वृद्धिको माग आएको छ । यसलाई कसरी लाने भन्ने विषयमा टिगानसँगपनि हामी छलफल गछौं । 
– राम सापकोटाले मात्रै फेक रेस्क्यू गरेको छैन । अरु ३ सय बढी कम्पनी छन् । अरुलाई राजनीतिक पहुँचका आधारमा नाम हटाइयो भन्ने छ । यो सरासर गलत हो । 
– छोटो कार्यकालले समस्या । संयन्त्र बुझ्दा बुझ्दै कार्यकाल सकिने भएकाले ठोस काम गर्न नपाउने गरेको । 
–१७ सय कम्पनी टानमा आबद्ध भएको, राज्यको नीति व्यवसायीहरुको हित विपरित भएको ।
– अनिवार्य भ्याट, पान लिनुपर्ने प्रवधानले सन् २०२० को लक्ष्य पूरा नहुने । करको दायरामा सबै आउनुपर्ने तर विभिन्न शिर्षकमा जवरजस्त लाद्न नहुने । 
रोमनाथ ज्ञवाली, कार्यकारी निर्देशक (म्यान)
– पेशागत सुरक्षा, सीप, दक्षता अभिवृद्धि गर्ने तालिम नियमित रुपमा टिगानको समन्वयमा आयोजना गर्ने । 
– पेशागत र प्राज्ञिक खाले कार्यक्रम, सीप विकास तालिममा जोड दिन्छौं । 
– यस अघि स्की तालिममा माउन्टेरिङ लिडरलाई मात्रै सहभागि गराउँदै आएकोमा अब उप्रान्त पथ प्रदर्शक गाईडलाई पनि सहभागि गराउने । 
डण्डुराज घिमिरे, महानिर्देशक (पर्यटन विभाग)
– राष्ट्रको सकारात्मक सन्देशलाई विश्वव्यापीकरण गर्ने अभियान्त नै पथप्रदर्शक गाइडहरु हुन् । 
– गाइडहरुकै हातमा पर्यटन क्षेत्रको भविष्य छ । त्यसैले त्यसदिशामा अघि बढ्नुपर्ने । 
– नीतिगत सुधार, मजदुर तथा पथ प्रदर्शकको पक्षमा गर्नुपर्ने कार्यहरु जोडका साथ अघि बढाउने । 
– फेक रेस्क्यू सम्वन्धी प्रतिवेदन प्राप्त भएर पनि कार्वाही अघि बढेको । कार्यविधि बनेकाले अब यस विषयमा थप चर्चा आवश्यक नभएको । 
– विषय विशेषज्ञहरुसँग समन्वय गरेर पर्यटन क्षेत्रको व्यापक सुधारका लागि अघि बढ्ने । 
– अन्य विषयसमा स्टेग होल्डरसँग बसेर समन्वय गरेर अघि बढ्ने । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho