शेर्पा सञ्चारको अधिवेशन पूर्व साधारणसभा सकियो

कर्मा रिञ्जी शेर्पा

२०७५ भाद्र २४, आईतबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा सञ्चार समूह नेपालको अधिवेशन आगामी भाद्र ३० गते हुने भएको छ । अधिवेशनको तयारीसँगै साधारणसभा भने शनिबार सम्पन्न गरेको हो । 
अधिवेशनको लागि ‘आम संचार क्षेत्रमा शेर्पाको व्यापक सहभागिता, पहिचान सहितको संचार क्षेत्रलाई व्यावसायीकीकरण गर्ने हाम्रो प्रतिवद्धता’ भन्ने वाक्यसहित तय गरिएको छ । 
नबौं साधारणसभामा कार्य प्रगति, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र अध्यक्षको भावी कार्ययोजना माथि छलफल भएको थियो । सभामा पदाधिकारी लगायत सल्लाहकारहरुको समेत उपस्थिती थियो । 
शेर्पा समुदायका संचारहरूलाई वृद्धि विकास गरि शेर्पालाई संचार क्षेत्रमा बढी भन्दा बढी सहभागिता जनाउने हेतुले २०६५ स्थापना भएको हो । अधिवेशनमा ताप्लेजुङ, खोटाङ, सोलुखुम्बु, रामेछाप लगायत देशभरका विभिन्न जिल्ला समिति तथा उपसमितिबाट प्रतिनिधिहरू सहभागि हुने कार्यक्रम रहेको छ भने सोही अवसरमा विभिन्न व्यक्तित्वहरुलाई विधागत सम्मान गर्ने कार्य समेत हुने जनाएको छ । 
 

कर्मा रिञ्जी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho