विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपा जलमग्न,

फुर्वा शेर्पा

२०७५ भाद्र २२, शुक्रबार


  
काठमाडौंमा पानी पर्नासाथ हिलो र घाम लाग्नासाथ धुलो त सामान्य भइसक्यो तर, अलिकति पानी पर्‍यो कि सडकमै ‘खोला’ बग्नुसमेत आजभोलि काठमाडौंमा सामान्य जस्तै भइसकेको छ।

अव्यवस्थित शहरीकरण, ढल निकासको उचित प्रवन्ध नहुनुका साथै पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप विछ्याउने काम गरिरहेकाले पानी पर्नासाथ सडकमा भेल पस्छ।

पछिल्लो समय विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपामा पनि पानी पर्नासाथ सानोतिनो ‘खहरे’ नै बग्छ। बिहिबार त्यस्तै भयो। अपराहृन पानी पर्नासाथ बौद्ध स्तुपा परिसर जलमग्न भयो। आउजाउ गर्नेको झण्डै घुँडा-घुँडासम्म पानी थियो । पानीमा भिजेर स्कुले विद्यार्थीदेखि सर्वसाधारण हिँडिरहेका थिए। छेउछाउका पसलमा पानी पसेको थियो।

ढलहरु थुनिएको र पानी अनुसार उचित निकास नहुँदा बौद्ध स्तुपा परिसर जलमग्न हुने गरेको छ।

यसले आम सर्वसाधारण र पर्यटकलाई सास्ती मात्र दिएको छैन, बौद्ध स्तुपालाई नै असर गरिरहेको छ।

 


 

फुर्वा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho