गुम्बाका लामालाई बन्धक बनाएर लुटपाट, ललितपुरमा पक्राउ परे लुटेरा

शेर्पाखबर

२०७५ भाद्र २१, विहिबार


प्रहरीले काभ्रेको खानीखोला गाँउपालिकामा रहेको कुण्डलिङ गुम्बामा लुटपाट गर्ने पाँचजनालाई ललितपुरमा पक्राउ गरेको छ । काभ्रे र ललितपुरको सीमामा पर्ने छोईछेल कुण्डलिङ गुम्बाका  लामा  ८४ वर्षीय तिलक लामा तामाङलाई  अज्ञात समुहले लुटपाट गरेको थियाे।

प्रहरीका अनुसार बा ५६ प ७०८३ र बा ६७ प ३७३३ नम्बरको मोटरसाईकलमा आएका ५ जना ब्यक्तिहरुले  लामाको आँखामा पट्टी लगाई हात खुट्टा डोरीले बाँधेर पेस्तोल देखाई लुटेका थिए। उनीहरुले गुम्बामा रहेको १ वटा शंख र ३ लाख ५० हजार रुपैयाँ लुटेर फरार भएका थिए।

लुटपाटको सूचना आउनासाथ प्रहरी चौकी तालढुङगाबाट असईको कमाण्डमा टोली खटीएको थियो। टोलीले बुधबार साँझ साढे ६ बजे खानीखोला गाँउपालिकाकै अनिल घिसिङलाई प्रहरी चौकी गिम्दी ललितपुरको सहयोगमा पक्राउ गरेको हो।

यस्तै रमेश थोकर, जगत बगोले, बिकाश बन्जरा र निशान गोलेलाई प्रहरी चौकी गोटिखेल ललितपुरले मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो।

प्रहरीले गुम्बाबाट लुटिएको नगद र संख फेला नपरेकोले अनुसन्धान भइरहेको जनाएको छ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho