माधव नेपालले भने, ‘गुम्बालाई कर, सरकारको अनुचित कदम’, नेपालीलाई ओबामाजस्तै बन्न सुझाव

शेर्पाखबर

२०७५ भाद्र १९, मंगलबार


नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले अहिलेको सरकारले बौद्ध गुम्बाहरुमा कर लगाउन खोजेकोबारे आफू अनविज्ञता प्रकट गरेका छन् । गुम्बालाई कर लगाउने सम्बन्धी पत्रकार प्रश्नको जवाफमा नेपालले भने, ‘बौद्ध गुम्बालाई कर लगाएको भन्ने मलाई केही थाहा छैन, यदि सरकारले गुम्बालाई कर लगाउने तयार गरेको हो भने भने कुन धरातल टेकेर लगाएको हो । यो अनुचित कुरा हो म त्यही गएर बुझने छु ।’

जसले नाफा कमाउने उद्देश्यका साथ कसैले सम्पति लुकाउने नियतले गुम्बा बनाएको हो भने पनि त्यसबारेमा सरकारले अनुसन्धान गर्नुपर्छ तर धार्मिक उद्देश्यले बनेको हो भने कर लगाउनु उचित नहुने नेपालको तर्क थियो । नेता नेपालको उपस्थितिमा प्रवासी नेपाली मञ्चले न्युयोर्कको ज्याक्सन हाइटस्थित शेर्पा किदुगको हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।


सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्तीसँगै देशभर बौद्ध धर्मसँग सम्बन्धित संघसस्था र आदिवासी जनजातिले गरेको विरोधबारे सोधिएको अर्को प्रश्नमा नेता नेपालले भने, ‘सरकारले लुम्बिनी विकासमा कोषमा नियुक्ती गरेको व्यक्ति उपयुक्त छैन भने जुनसुकै जातको भएपनि त्यो त्यहाँ राख्नु हुदैन, त्यस्तो निकायमा काम गर्ने व्यक्तिमा बौद्ध धर्म र दर्शनको राम्रो अध्ययन र विश्वास हुनुपर्छ तर बेठीक मान्छे हो भने राख्नु हुदैन ।’

अन्तरक्रियाकै क्रममा सहभागीले सुन काण्डमा संलग्न ठुलो माछाहरु किन पक्रन नसकेको र दिन दहाडै प्रहारी इन्काउन्टरबाट भनेर व्यक्तिको हत्या गरेपनि सरकार किन मौन भनेरसमेत प्रश्न गरेका थिए । नेपालले घटना घटेलगतै बनेको छानवीन समितिले सोचेजस्तै काम गरेको भए अहिलेसम्मकै ठुलठुला हत्याकाण्डहरुको छानविन किन हुन नसकेको भनी सहाभागीहरुलाई उल्टो प्रश्न गरेका थिए ।


सम्बोधनको क्रममा पूर्व प्रधानमन्त्री नेपालले आफनै पार्टीको नेता लालबाबु पण्डितले विदेशमा बस्ने नेपालीलाई भूतपुर्व नेपाली भनेको अविव्यक्ति अत्यन्तै गलत भएको स्वीकार गरे । ‘एकपटकको नेपाली सधैको नेपाली हो, लालुबाबु जीले किन त्यस्तो बोलेको हो मैले बुझन सकिनँ, त्यो अत्यन्तै गलत अभिव्यक्ति हो,’ नेता नेपालले भने ।

सम्बोधनको क्रममा नेता नेपालले अमेरिकामा बसेर नेपालको राजनीति गर्न छोडुनपर्ने यहाँ बसेपछि यहीको राजनीति गर्नुपर्ने भनाइ राखे । भने, ‘तपाईहरु नेपालको राजनीति गर्ने हो नेपालमै फर्केर गर्नुस नत्र भने यहाँकै मुलधारको राजनीतितिर जाने कोशिस गर्नुस्, यहाँको संविधानले दिएको अधिकार प्रयोग गरि तपाईहरु पनि बाराक ओबामा जस्तै राष्ट्रपति बन्नुस् तर नेपालमै राजनिति गर्ने हो भने यहाको त्यागेर आउनुस ।’

मेरिल्याण्ड राज्यमा नेपाली मुलका ह्यारी भण्डारीले मुलधारको राजनीतिमा सफलता हात पर्दै गएको प्रसंगमा आगामी चुनाव जित्न शुभकामना दिँदै नेता नेपालले भने, ‘हो त्यसरी आम नेपालीले गर्व गर्ने वातावरण बनाउनुस् । तर चिचि पनि पापा दुबै खोज्ने काम नगर्नुस् । उनले विदेशमा बस्ने नेपालीहरुको लागी नागरिकता दिने सवालमा आफु, स्व गिरिप्रसाद कोइराला र प्रचण्ड बढी सक्रियताका साथ लागेर पाउने वातवारण बनेको जानकारी दिएका थिए ।’

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho