३२ औं औतारीलाई स्वागत

शेर्पाखबर

२०७५ भाद्र १८, सोमबार


काठमाडौं (शेर्पाखबर) । फारक शेर्पा किदुगले थुप्तेन छोलिङ गुम्बाका रिम्पोछेलाई स्वागत गरेको छ । क्याब्जे ठूल्सिक रिम्पोछेको ३२ औं अवतरीको रुपमा अवतरी लामा ङवाङ जिग्मे ठिन्ले कुन्ख्याप रिम्पोछेलाई राजधानीमा एक कार्यक्रम गर्दै स्वागत गरेको हो । किदुगले सामूहिक रुपमा मेण्डल (कुसुम–मूर्ती) चढाउँदै स्वागत गरेको किदुगका महासचिव निमदावा शेर्पाले जानकारी दिए । उनका अनुसार कुन्ख्याप रिम्पोछेको पहिचान केही समयअघि नै भएको थियो । लुक्ला आसपासका बासिन्दामा चर्चित रहेको गुम्बामा नयाँ अवतरी लामा आएसँगै उल्लास छाएको शेर्पाले बताए । सोलु र खुम्बुको बीच भागमा पर्ने भएकाले लुक्ला आसपासलाई फरक भनिन्छ । त्यहाँका स्थानीय एकबद्ध भएको किदुगले राजधानीमा अवतरी लामालाई भव्य स्वागत गरेको हो ।
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho