खुम्बु र दुधकोसी जोड्न ‘बेलिव्रिज बन्ने’

सोनाम याङजी शेर्पा

२०७५ भाद्र १८, सोमबार


सोलुखुम्बु (शेर्पाखबर) । जिल्लाको खुम्बुपासाङल्हमु र माप्य–दुधकोशी गाउँपालिकासँग जोड्ने बेलिव्रिज निर्माण हुने भएको छ । ओर्लाङघाट स्थित दुधकोशीमा तत्कालका लागि वैकल्पिक पुल बेलिब्रिज निर्माण हुने भएको हो । दुई गाउँपालिकाबीचको सडक र पुल निर्माण सम्बन्धि आईतबार काठमाण्डौँ बौद्धस्थित होटल गाङरीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
 गाउँपालिकाका अध्यक्ष सहित वडा अध्यक्षहरुको हस्ताक्षर रहेको सम्झौता–पत्र हस्तान्तरण गर्दै स्थानीय सरकारमा विकासका लागि  पहिलो र नमुना कार्य रहेको दाबी गरे । पर्यटकीय सम्भावना रहेको दुधकोसी र पर्यटकहरुको आकर्षकको केन्द्र खुम्बु गाउँपालिका जोड्ने पुल निर्माण तत्काल सुरु भई जेठ भित्र सम्पन्न गराई सक्ने योजना रहेको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले शेर्पाखबरलाई जानकारी दिए । 
खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमा दोर्जी शेर्पाले हवाई यात्राबाट मात्र हजारौँ पर्यटक भित्री रहेको गाउँपालिकामा पुल र सडक निर्माण पश्चात कृषक र आन्तारिक पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे । 
सम्झौता पत्रमा ‘योजनालाई केन्द्र र प्रदेश सरकारमा प्रथामिकतामा राखेर योजनाका लागि प्रस्ताव राख्ने छ भने स्थानीय सरकारले समेत आवश्यकता अनुसार दुबै पक्षले आधा–आधा हिस्सा लगानी गरेर कार्य सम्पन्न गर्ने  सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
माप्य दुधकोशीका गाउँपालिका भित्र उत्पादन भएका बस्तुहरुलाई खुम्बु गाउँपालिकामा निर्यत गरी अर्थोपार्जन गर्न सकिने र गाउँपालिका भित्रका साँस्कृतिक पक्षहरुलाई व्यवस्थित गरी माप्य–दुधकोशीका गाउँपालिकामा पनि पर्यटकहरु भित्र्याउन सकिने स्थानीय सरकारका प्रतिनिधीको विश्वास छ । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho