शेर्पा प्रदेशको मुद्धा ‘जिवित’ राख्न छलफल

लाक्पा जी. शेर्पा

२०७५ भाद्र १६, शनिबार


काठमाडौं (शेर्पाखबर) । ओझेलमा परेको शेर्पा प्रदेश स्थापनाको मुद्धालाई व्यूँताउने भन्दै राजधानीमा शेर्पा समुदायको एक भेला सम्पन्न भएको छ । पहिचानको मुद्धा छायाँमा परिरहेको बेला शेर्पाहरु प्रदेश नामाकरण पहिचानको आधारमा हुनुपर्ने भन्दै सामूहिक छलफलमा जुटेका हुन । 
नेपाल शेर्पा संघ केन्द्रीय समितिले राजधानीको नारायणटारमा रहेको कार्यालयमा आह्वान गरेको वैठकले प्रदेश नं. १ र ३ मा शेर्पा प्रदेशको माग गर्दै ज्ञापन पत्र बुझाउने तयारी समेत गरेको छ । ज्ञापन पत्र बुझाउनका लागि त्यस क्षेत्रका शेर्पाहरु एक नम्बर प्रदेशको राजधानी विराटनगर र तीन नं. प्रदेशको राजधानी हेटौंडा जाने छन् । 
संघको बरिष्ठ उपाध्यक्ष डा. लाक्पा शेर्पाको अध्यक्षतामा भएको छलफलमा सहभागिहरुले प्रदेशको नाम हराउन दिन नहुनेमा जोड दिएका छन् । अन्य जातिले पहिचानको आधारमा प्रदेशको नामकरणको लागि जोडदार रुपमा आवाज उठाइरहेको बेला शेर्पा समुदाय सुस्ताएको भन्दै सहभागिहरुले शेर्पा जातिको जातीय वसोवासलाई टुक्र्याएको सन्दर्भमा पनि मुद्धालाई थप शसक्त रुपमा उठाउँदै अघि बढ्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराए । 
पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेशको खाकालाई नै मूख्य एजेन्डाको रुपमा अघि बढाउनुपर्ने र त्यसमा टसकोमस हुन नहुनेमा नेताहरुले जोड दिए । एक नम्बर प्रदेशमा पूर्वको ताप्लेजुङ देखि सोलुखुम्बुसम्म र तीन नम्बर प्रदेशमा रामेछापदेखि रसुवासम्मको हिमाली भूभागलाई शेर्पा प्रदेश नामकरण गर्नुपर्ने अडान शेर्पाहरुको कायम छ । प्रदेशको नामकरण हुँदा शेर्पालाई जोड्नुपर्नेमा जोड दिँदै उनीहरुले भनेका छन ‘कुनैपनि हालतमा पहिचानको आधारमा प्रदेशहरुको नामकरण हुनुपर्छ । त्यसो हुँदा शेर्पा जोड्नु भुल्नु भएन ।’
नेपाल शेर्पा संघको नेतृत्वमा प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राई र प्रदेश नं. ३ का मूख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाउने तयारी समेत अघि बढाएको छ । उनीहरुले न्यूनतम ११ प्रदेशलाई म्यान्डेन बनाउने र जसमा प्रदेशको नामकरण गर्दा पहिचानको आधारमा शेर्पा जोडिनुपर्ने उल्लेख गर्नेछन् । पहिचानसहितको प्रदेश स्थापना भएमात्रै जातीको भाषा, कला, धर्म,संस्कृतीको विकास राम्रोसँग हुने बताउँदै संघका सल्लाहकार आङकाजी शेर्पाले भने ‘हिजो अरुले पहिचानका आधारमा नामकरण माग गर्दा दार्जिलिङका नेपाली भाषीहरु घाम तापेर बसे । अहिले गोरखाल्याण्डको माग गर्दै छन् । तेलांगना, महाराष्ट्र लगायतका राज्यहरु जातीको नामबाट नामकरण भएका छन् पो उनीहरु अधिकार सम्पन्न भएका छन । त्यसबाट हामीले धेरै कुरा सिक्नुपर्छ । बैठकमा संघीय समाजवादी फोरम अन्तर्गत शेर्पा प्रदेश समितिका संयोजक लाक्पा शेर्पाले ‘शेर्पा संघले लिखित कार्ययोजनासहित वैठक वस्नुपर्नेमा हलुका तरिकाले वैठक आह्वान भएको’ भन्दै असन्तोष व्यक्त गरे । बैठकमा शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाले आफू शेर्पा प्रदेश प्राप्तिको आन्दोलनमा जुनसुकै मूल्य चुकाउनपनि तयार रहेको बताए । त्यस्तै, युवाहरुले अब शेर्पा समुदायको नेतृत्व नै पुनः विचार नगरे पहिचानको मुद्धा खास रुपमा उठ्न नसक्ने विचार राखे । 
त्यस्तै, सल्लाहकार लाक्पा ठिलेन शेर्पाले शेर्पा प्रदेशको मुद्दा कसले पहिला उठाएको भन्दापनि कसरी उपलब्धी हासिल गराउने भन्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । बैठकको सहजिकरण संघका कार्यवाहक महासचिव किशोर शेर्पाले गरे । 

आवरण तस्वीर शेर्पा पत्रकार संघको बार्षिक साधारणसभामा स्वागत नृत्य  (शेर्पाको श्याब्रु) प्रस्तुत गर्दै जुविङ किदुगका कलाकारहरु ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho