शेर्पा प्रदेश सम्वन्धमा छलफल गर्न ‘भेला आह्वान !’

मिङमार शेर्पा

२०७५ भाद्र १५, शुक्रबार


 काठमाडौं (शेर्पाखबर) । शेर्पा प्रदेशका सम्वन्धमा छलफल गर्न वैठक आह्वान गरेको छ । नेपाल शेर्पा संघले शनिबार अर्थात भदौ १६ गते दिनको १ बजे संघको कार्यालय नारायणटारमा वैठक आह्वान गरेको हो । 
‘नेपाल शेर्पा संघलाई वैठक आह्वान गर्न भनेका छौं । वैठकले विकसित राजनीतिक परिस्थितीमा शेर्पा प्रदेशको मुद्धामाथि व्यापक छलफल गरी निर्णय लिनेछ ।’ संघका सल्लाहकार आङकाजी शेर्पा किसानले शेर्पाखबरलाई भने ‘संविधान संशोधन लगायतको विषय अघि बढ्दै गर्दा शेर्पा प्रदेशलाई मूलभूत रुपमा उठाउनु जरुरी भैसकेको छ ।’
प्रदेशको नामकरणको विषयमा वहसहरु सतहीमा देखिँदै गर्दा शेर्पाहरुले आफ्नो बचस्र्व रहेको भूगोललाई ‘शेर्पा प्रदेश’ नामकरण गर्नुपर्ने माग गर्दै आएका छन् । ‘भौगोलिक निरन्तरता र बहुलियतको आधारमा पहिचानसहितको शेर्पा प्रदेशको माग जारी छ । विशेष स्वायत्त क्षेत्र समेत तोकेर हामी अधिकार सम्पन्न हुन चहान्छौं ।’ शेर्पा प्रदेश संघर्ष समिति आन्दोलन परिचालन समितिका संयोजक लाक्पा शेर्पाले भने ‘अब हामीले झनै बढी मिहिनेत र संघर्ष गर्नुपर्ने बेला आएको छ । सजिलै पहिचानको आधारमा प्रदेशको नामकरण हुने संभावना न्यून हुँदै गएको देखिन्छ ।’
वैठकमा नेपाल शेर्पा संघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा महिला संघ लगायत शेर्पासँग सम्वन्धित सामाजिक संस्था र संगठनका प्रतिनिधीहरुको सहभागिता रहने जनाएको छ । यसअघि पनि शेर्पा प्रदेश प्राप्तिका लागि भन्दै संघर्ष समितिमार्फत चरणबद्ध आन्दोलनहरु गर्दै आएपनि पछिल्लो समय सुस्ताएको थियो । विभिन्न जातीय समूहले प्रदेश, संघीय राज्यमा ज्ञापन पत्र बुझाएर पहिचानसहितको प्रदेशको नामकरण गर्न माग गरिरहेको सन्दर्भमा शेर्पाहरुपनि पुनः छलफलमा जुट्न लागेका हुन् । 

ठेकेदारलाई अध्यक्ष बनाउनु गल्तीः नेता आङकाजी
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पाले नेपाल शेर्पा संघको पाँचौ महाधिवेशनले गतल व्यक्तिलाई नेतृत्व सुम्पिदाँ मुद्धा सुस्ताएको  आरोप लगाएको छ । । राजधानीमा एक कार्यक्रममा उनले अध्यक्षले तदारुकता नदेखाएकै कारण समुदायले आफ्नो पहिचानसहितको प्रदेश प्राप्ति गर्ने आशा झिनो हुँदै गएको आरोप लगाएको हो । 
शेर्पा पत्रकार संघको बार्षिक साधारणसभामा बोल्दै नेपाल शेर्पा संघका सल्लाहकार समेत रहेका नेता शेर्पाले ठेकेदारलाई अध्यक्ष बनाएर गल्ती गरेको बताए । ‘पाँचौ महाधिवेशनले ठेकेदारलाई अध्यक्ष बनायो । मैले त्यही बेला भनेको थिएँ । हामीले गल्ती गर्दैछौं ।’ उनले थपे ‘पहिचानको आन्दोलनलाई जोडतोडले उठाउनुपर्ने बेला अध्यक्ष ठेक्कामा घाटानाफाको हिसाबमा अध्यक्ष व्यस्त भएर बसे । अनि कसरी आन्दोलन अघि बढ्छ ।’ आन्दोलनलाई चरम चुलीमा पुर्याउँदै राज्यलाई दबाब दिएर शेर्पा प्रदेशको मुद्धालाई स्थापित गरेरै छाड्नुपर्ने बेलामा संघको नेतृत्व नै कमजोर हुन पुगेको बताउँदै नेता शेर्पाले पहिचानको आधारमा शेर्पा प्रदेशको मुद्धालाई भने कुनैपनि हालतमा सेलाउन नदिने बचनबद्धता समेत व्यक्त गरे । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho