शेर्पा पत्रकार संघको साधरणसभा सम्पन्न

२०७५ भाद्र १३, बुधबार



काठमाडौं । शेर्पा पत्रकार संघ नेपालको तेस्रो बार्षिक साधरणसभा सम्पन्न भएको छ । राजधानी एक कार्यक्रमको आयोजना गर्दै साधरणसभा सम्पन्न गरेको हो । 
सो अवसरमा विभिन्न पुरस्कारबाट तीन पत्रकारलाई पुरस्कृत गरेको छ भने तालिममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो । संघले आयोजना गरेको ८ दिने उद्घोषण, पत्रकारिता तथा माइन्ड टेक्नोलोली तालिममा ८० भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।
संघले वार्षिक रुपमा प्रदान गर्दै आएको सारा शेर्पा पत्रकारिता पुरस्कार, स्काई मेमोरिय पत्रकारिता पुरस्कार र प्रथम शेर्पा लेखिक लाक्पाफूटी पर्यटन पत्रकारिता पुरस्करबाट तीन पत्रकारलाई पुरस्कृत गरेको हो ।
२०६८ भदौ ८ गते मकवानपुरमा भएको अग्नि एअरको जहाज दुघर्टना परेर मृत्यु भएकी एअर होस्टेज सारा शेर्पाको नाममा स्थापना गरिएको ‘सारा शेर्पा पत्रकारिता पुरस्कार २०७५’ बाट नागरिक दैनिकका खिलक बुढाथोकी, स्काई मेमोरियल पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिककी सोनाम याङजी शेर्पालाई पुरस्कृत गरेको हो । दुबै पुरस्कारको राशी १० हजार रहेको छ ।
त्यसैगरी प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटु शेर्पालाई पुरस्कृत भएका छन् । पुरस्कारको राशी ५५ सय रहेको छ । 
संघ वार्षिक रुपमा प्रदान गर्ने पुरस्कार शेर्पा तथा आरोहीहरुको क्षेत्रमा कलम चलाएको भन्दै तीन पत्रकारलाई पुरस्किृत गर्दै आएको थियो । संघले अघिल्लो वर्ष एभरेष्ट टाइम्सका आङछिरिङ शेर्पा, रेडियो नेपालकी मिङमा शेर्पा, दि हिमालयन टाइम्सका राजन पोखरेल र एभिन्यूज टेलिभिजनका लाक्पा शेर्पालाई पुरस्कृत गरेको थियो ।
राजधानीमा एक कार्यक्रम आयोजना गर्दै संघीय सांसद् यज्ञराज सुनुवारको प्रमुख आतिथ्यमा साधरणसभा गरिएको थियो । साधरणसभामा संघले आयोजना गरेको ८ दिन पत्रकारिता, उद्घोषण तथा माइन्ड टेक्नोलोजी तालिममा सहभागीलाई समेत प्रमाणपत्र वितरण गरेको हो  ।
२०६८ भदौ ८ गते मकवानपुरमा भएको अग्नि एअरको जहाज दुघर्टना हुँदा एअर होस्टेज सारा सहित १४ जनाको मृत्यु भएको थियो ।
सोही दुर्घटनामा मृत्यु हुने सारा शेर्पा, जापानी नागरिक केन्द्र र अमेरिकन नागरिक युकीको सम्झनामा स्काई मेमोरियल फाउन्डेसन सञ्चालन गरिएको छ । उक्त फाउन्डेसनले मकवानपुरको फापरबारी, शिखरपुर, मन्थली लगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको काम गर्दै आएको फाउन्डेसनका अध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिए । त्यसैगरी फाउन्डेसनले काठमाडौंमा पनि अंपागको क्षेत्रमा काम गर्दै आएको छ ।
सारा शेर्पाको सम्झनामा पत्रकारिता क्षेत्रको समेत पुरस्कार स्थापना गरिएको हो । सारा शेर्पाको नामको पुरस्कार गैरशेर्पा पत्रकारलाई दिने प्रावधान छ भने स्काई मेमोरिएलको नाममा स्थापित पुरस्कार शेर्पा पत्रकारलाई दिइन्छ । त्यसको सम्पूर्ण जिम्मेवार शेर्पा पत्रकार संघ नेपाललाई दिइएको छ ।
तीन पुरस्कार स्थापना
संघको साधारणसभा कार्यक्रममा तीन पुरस्कार स्थापनाको घोषणा समेत गरिएको छ  । १० हजार राशीको जस्मिन बैद्य समाजसेवा पुरस्कार स्थापना गरिएको छ । संघले वार्षिक रुपमा सामाजिक क्षेत्रमा क्रियाशिल एक जनालाई प्रदान गर्नेछ । त्यसैगरी जस्मिन बैद्य साहसिक किर्तिमान पुरस्कार १५ हजार राशीको स्थापना गरिएको छ । जुन हिमाली क्षेत्रको आरोहणमा कीर्तिमान गर्ने आरोहीलाई प्रदान गरिनेछ । त्यसैगरी हत्केला पत्रकारिता पुरस्कार ५ हजार राशीको स्थापना गरिएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशिल एक जना पत्रकारलाई प्रदान गरिनेछ । यी पुरस्कार आगमी वर्षदेखि प्रदान हुने जानकारी संघका संस्थापक अध्यक्ष लाक्पा जी. शेर्पाले जानकारी दिए  । 
Image may contain: 4 people, people smiling, people standingImage may contain: 17 people, people standingImage may contain: 9 peopleImage may contain: 9 people, people standing

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho