शेयर किन्न भूकम्प पीडितलाई सहयोग 

शेर्पाखबर

२०७५ भाद्र १०, आईतबार


दोलखा (शेर्पाखबर) । यहाँको विगुका भूकम्प पीडितहरुलाई तामाकोसी आयोजनाको शेयर खरिदका लागि भन्दै आर्थिक सहयोग प्रदान गरेको छ । अष्ट्रेलिया बस्दै आएका दीपक खड्काले करिव ३६ लाख ५ हजार नगद सहयोग गरेको हो । दोलखाका दुर्गम गाउँमा जन्मिएका खड्काले ७ सय २१ घरपरिवारलाई जनही पाँच हजारका लागि शेयर खरिदका लागि सहयोग रकम अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालगायतले हस्तान्तरण गरे । 
खोपाचागु घर भई हाल अष्ट्रेलिया बस्दै आएका खड्का पेशाले ईन्जिनियर हुन् । उनी अहिले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको नेपाली महाबाणिज्यदुत समेत हुन । 
शनिवार आयोजित एक कार्यबीचकाबीच उक्त सहयोग रकम स्थानीय जनप्रतिनीधिलाई हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै समाजसेवी खड्काले आर्थिक अभावकै कारण माथिल्लो तामाकोसि आयोजनामा शेयर हाल्ने अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताए । 
‘खोपाचागुका ७ सय २१ घरपरिवारका भुकम्पपिडितको लाभग्राही सुचीमा परेका स्थानीयलाई जनही ५ हजारका दरले सहयोग उपलव्ध गरिएको’ खड्काले शेर्पाखबरलाई जानकारी दिए ।  कार्यक्रमकैवीच प्रदेशसभा सांसद पशुपति चौलागाई र विशाल खड्का मार्फत केही स्थानीयलाई शेयर वापतको सहयोग रकम हस्तान्तरण गरे । बाँकीलाई विगु गाउँपालिका प्रमुख युधिष्ठिर खड्का, उपप्रमुख सञ्जिव ओली लगाएत जनप्रतिनीधिको रोहवरमा सेयर लगानीका लागि वितरण जनाएकोछ । 
सेयर हाल्ने रकम प्राप्त भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । उक्त सहयोग रकम स्थानीयलाई हस्तान्तरण गर्न समाजसेवी खड्का सहितको टोली हेलिकोप्टरमार्फत खोपाचागु पुगेका थिए । खड्काले यसअघि पनि विभिन्न समस्यामा पर्दै आएका सर्वसाधारणलाई सहयोग गर्दै आएका छन् ।
कार्यक्रममा राजदूत शेर्पाले ‘खड्का जस्तै सहयोगी र विशाल मन भएकाहरुबाट नै सामाजिक रुपान्तरण र ग्रामिण जीवनशैली सुधारमा सहयोग पुग्ने’ भन्दै प्रशंसा व्यक्त गरिन् । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho