‘शेर्पा पत्रकारिता पुरस्कार’का लागि तीन पत्रकार छानिए

फूर्वा शेर्पा

२०७५ भाद्र ७, विहिबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा पत्रकार संघ नेपालले बार्षिक रुपमा प्रदान गर्दै आएको विभिन्न विधाको पत्रकारिता पुरस्कारका लागि पत्रकार छनौट भएको छ । छनौट समितिले अन्नपूर्ण पोष्टका छेटु शेर्पा, नागरिक दैनिकका खिलक बुढाथोकी र गोरखापत्र दैनिककी सोनाम याङजी शेर्पालाई छनौट गरि सिफारिस गरेको हो । 
राजधानीमा संघका सचिव समेत रहेका संयोजक कर्मा शेर्पाको अध्यक्षतामा बसेको वैठकले साहरा शेर्पा र स्काई मेमोरियल पत्रकारिता पुरस्कार क्रमशः खिलक बुढाथोकी र सोनाम याङजी शेर्पालाई र प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पर्यटन पत्रकारिता पुरस्कारबाट छेटु शेर्पालाई सम्मान गर्न संघलाई सिफारिस गरेको हो । 
छनौट समितिले पर्यटन र पर्यावरणको क्षेत्रमा कमल चलाउँदै योगदान पुर्याएको, शेर्पा र हिमाली क्षेत्रका कथाहरु सञ्चारमाध्यमबाट प्रचारप्रसार गरेको र समावेशी र भाषिक, सांस्कृतीक विषयलाई उठान गर्दै कलम चलाएको आधारमा पत्रकारहरु छनौट गरेको छनौट समितिका सदस्य तथा नेपाल शेर्पा संघकी उपाध्यक्ष आङ ल्हमी शेर्पाले जानकारी दिए । 
पुरस्कार प्रयोजक संस्थाका तर्फबाट छनौट समितिमा रहेका दोर्जी छिरिङ शेर्पाले सञ्चारमाध्यममार्फत समुदायलाई सुुसुचित गर्ने अभियानमा लागि पर्ने पत्रकारहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । 
संघले आगामी भाद्र १३ गते राजधानीको होटल हार्दिकमा एक विशेष कार्यक्रम आयोजना गरि पत्रकारहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष सार्की शेर्पाले जानकारी दिए । ‘सो अवसरमा संघको बार्षिक साधारण सभा र सञ्चालन भइरहेको तालिमको समेत समापन हुने छ ।’
व्यवसायीक पत्रकारितालाई जोड दिँदै आम सञ्चार क्षेत्रको दिगो विकास र हौसलाका लागि पत्रकारिता पुरस्कार स्थापना गरेर वितरण गर्दै आएको संघका संस्थापक अध्यक्ष लाक्पा जी शेर्पाले बताए । 
संघले यसअघि एभरेष्ट टाइम्सका आङ छिरिङ शेर्पा, रेडियो नेपालकी मिङमा शेर्पा, दि हिमालयन टाइम्सका राजन पोखरेल र एभिन्यूज टेलिभिजनका लाक्पा शेर्पालाई पुरस्कृत गरेको थियो । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho