गल्फस्टार प्रतिमा शेर्पा भन्छिन् ‘आत्मविश्वासले सफलता’

लाक्पा जी शेर्पा

२०७५ भाद्र ६, बुधबार


काठमाडौं (शेर्पाखबर) । पहिलो नेपाली महिला गल्फ स्टार प्रतिमा शेर्पाले ‘आत्मविश्वास र साधना’ले सफलता हासिल गरेको बताएकी छिन् । शेर्पा पत्रकार संघ नेपालद्धारा राजधानीमा आयोजित ‘गल्फ स्टार प्रतिमा शेर्पासँग अन्तक्र्रिया’ बिषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 
‘११ बर्षको उमेरदेखि नै गल्फ खेल्न सिकेँ ।’ प्रतिमाले भने ‘अहिले १९ बर्षकी भएँ । यसवीच धेरै उपाधीहरु हासिल गर्न सफल भएँ ।’ परिवारले खेल क्षेत्रमा केही गर्छ भन्ने नलिईरहेको अवस्थामा आफूले पहिलोपटक पदक जितेर आउँदा खुसीले छाएको बताउँदै प्रतिमाले भनिन् ‘मैले जुन सफलता पहिलो पटक हासिल गरेँ । त्यो देखेर ममीले खुसीको आँशु झार्नू भयो ।’ 
रोयल नेपाल गल्फ क्लब(आरएनजीएसी) सँगै जोडिएको छाप्रोमा सामान्य परिवारमा जन्मिएर त्यही हुर्किएकी नेपालकी एक नम्बर महिला गल्फर प्रतिमा शेर्पाको कथा प्रेरणादायी छ । अहिलेसम्म प्रतिमाले ३५ उपाधि जितिसकेकि छिन् । उनले आफ्नो सफलताको कथा सुनाउँदै भनिन ‘यहीबीच अघिल्लो महिनामात्रै मैले पूर्व विश्वनम्बर १ कीर्तिमानी अमेरिकी गल्फर टाइगर उड्ससँग भेट्ने मौका समेत पाएँ । जसले गर्दा विश्वका समाचारमाध्यममा मेरो बारेमा समाचार, प्रचार व्यापक भयो । यो मेरो जीवनको महत्वपूर्ण सफलता हो ।’

घरेलु प्रतियोगिताहरुमा दिँदै आएको उत्कृष्ट प्रदर्शन र विश्वव्यापी रुपमा पाएको सफलताले प्रतिमा अघिल्लो वर्षभरि नै चर्चामा रहिन । ‘यहीबेलादेखि व्यवसायिक प्रतियोगिता सूर्य नेपाल गल्फ टुरको छनोट खेल्ने पहिलो महिला बन्न सफल भएँ ।’ प्रतिमाले सुनाइन् । त्यसैगरी प्रतिमाले फाल्डो सिरिज प्रतियोगितामा सहभागिता जनाइन् । जहाँ पूर्व बेलायती गल्फर निक फाल्डोले गल्फका उदाउँदा खेलाडीलाई एक्सपोजर दिने अभिप्रायका साथ विश्वका विभिन्न राष्ट्रमा आयोजना गर्ने गरेको फाल्डो सिरिजको नेपाल क्वालिफायरमा प्रतिमा विजयी भएकी थिइन् । 
‘यही सफलताले फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलका लागि भियतनामसम्म पुग्न पाएँ । प्रतिस्पर्धात्मक ग्रान्ड फाइनलमा उपाधिविहीन रहेपनि प्रतियोगिताबाट प्रसस्त अनुभव बटुल्न सफल भएँ ।’ उनले भनिन् । ‘त्यही चर्चा र सफलताले यसवर्षको पल्सर स्पोर्टस अवार्डमा वर्षको लोकप्रिय खेलाडी (पिपल्स च्वाइस अवार्ड) मा पनि मनोनीत भएँ ।’ प्रतिमाले आफ्नो सफलताको कथामा थपे । ‘मेरो गल्फप्रतिको समर्पण, मेहनत र पछिल्लो समयमा बनाएको छविलाई देखेर कतिपय अभिभावकले आफ्ना नानीहरुलाई गल्फकोर्षमा ल्याउन थालेका छन् ।’ पहिले ‘लेडिज’हरु त्यति गल्फमा नभएका भने हैन् । अहिले ‘लेडिज’हरुले पनि रुचि देखाउन थालेका छन् । त्यो देख्दाचाही एकदम उनलाई ज्यादै खुशी लाग्छ । थोरै भएपनि आफ्नो कारणले गल्फ पनि विकास भइरहेको छ जस्तो लाग्छ । ‘म पनि उनीहरुको प्रेरणा बन्न चाहान्छु । आफ्नो अनुभवमात्रै सुनाउँदा पनि उनीहरुलाई हौसला मिल्दो रहेछ । मैले टाइगर उड्सलाई समेत भेट्न पाए भन्ने कथा सुनाउँदा उनीहरुलाई अहो मपनि त्यस्तै बन्न चाहान्छु भन्नेहरु भेटिन्छन् ।’
‘मसँगै खेल्ने एउटा प्रतिभा राई भन्ने बहिनी छिन् । उसले पहिले एकवर्ष खेल्यो । पछि छोड्यो । अहिले छ महिनाजति भयो होला खेल्न थालेको । उ चाहीँ अहिले एकदम मेहनत गरेर खेलिरहेको छ । घाम, तिर्खा नभनेर मेहनत गरि म पनि तपाई जस्तै बन्छु भनेर खेलिरहेको छ। त्यस्तो देख्दा एकदम खुशी लाग्छ। उसलाई म एकदम सपोर्ट पनि गर्छु । पछिसम्म पनि उनीहरुलाई सहयोग गर्ने र अघि बढाउने सोच लिएकी छु ।’ प्रतिमाले सुनाइन् । 
करिव ७० जना युवाहरमाझ उनले सफलताको कथा सुनाइरहँदा युवाहरुमा एकप्रकारको उत्साह भेटिन्थ्यो । कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष आङ दोर्जी शेर्पाले प्रतिमा शेर्पा समुदायकालागि गौरव भएको र उनले प्राप्त गरेको सफलतालाई समुदायको सफलताको रुपमा लिनुपर्ने बताए । ‘प्रतिमा शेर्पा जस्ता मिहिनेतीहरुलाई हामीले सहयोग गर्नुपर्छ । समुदायले के गर्न सकिन्छ । हामी गर्छौं । र, प्रतिमाबाट सिकेर अरु धेरै युवाहरु प्रेरक बनोस् ।’ अध्यक्ष शेर्पाले भने । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho