अतिक्रमणको चपेटामा बुद्धस्थल

दीपक अाचार्य

२०७५ भाद्र ४, सोमबार


तौलिहवा : कपिलवस्तुमा रहेका दुर्ई दर्जन बढी प्राचिन बुद्धकालीन स्थलहरू अतिक्रमणको चपेटामा परेका छन् । अतिक्रमणले पुरातातात्विवक वस्तुको अस्तित्वसमेत संकटमा परेको छ ।

लुम्बिनी विकास कोष, कपिलवस्तु संग्रहालय, स्थानीय तह तथा सरोकारवालाले चासो नदेखाउँदा समस्या झनै बढ्दै गएको स्थानीय बताउँछन । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले प्रमाणित गरेको कपिलवस्तुका १ सय ४ पुरातातात्विवक स्थलमध्ये ६८ वटा स्थान व्यक्तिको निजी जग्गामा परेको फेला परेको छन् । निजी जग्गामा भएका पुरातातात्विवक संरचनाको महत्व जग्गाधनीहरूले नबुझ्दा उक्त स्थल नष्ट गर्ने र भत्काउने गरेका छन् ।

पुरातत्व विभागले तिलौराकोट दरबार क्षेत्र, गोटिहवालगायत क्षेत्रका जग्गा अधिग्रहण प्रक्रिया अघि बढाए पनि साना पुरातातात्विवक स्थलबारे भने खासै चासो नदिएको लुम्बिनी विकास कोषका सदस्य पोमनारायण पौडेल बताउँछन् । शाक्यमुनी बुद्धको राजधानी मात्र नभई कनकमुनी र क्रकुच्छन्द बुद्धको समेत जन्मस्थल र दरबार क्षेत्र रहेको यहाँका हरेक साना पुरातातात्विवक स्थल अति महत्वपूर्ण भएको इतिहासविद्हरू बताउँछन् ।

प्राचीन शासक विश्द्धकले ७७ हजार शाक्यलाई एकै साथ बध गरेको निग्लिहवास्थित पुरातातात्विवक महत्वको सगरहवा, दोहनीकोट, धनकौली स्तुप, गोटिहवाको अशोक स्तम्भ स्थल, डेरवा, सिसहनियाकोट, चेत्रादेइ पिपरी कोट, कुदानलगायत स्थल अतिक्रमणमा परेका हुन् । यसैगरी जहदी क्षेत्रका विकुलीकोट, बरइपुर औरहवा स्तुपा, पत्थरदेहिया मिझौनिया, सिंहोखोर स्तुपा, तिलौराकोट सिद्धिपुर डाँडालगायत ऐतिहासिक स्थलसमेत अतिक्रमणमा परेका छन् । प्रायः व्यक्तिगत तथा ऐलानी जग्गा रहेकोले यी जग्गामा जबर्जस्ती घर निमार्ण गरिएको छ भने कतिपय स्थानमा व्यक्तिले जग्गा कब्जा गरी खेतीसमेत थालेका छन् ।

बौद्ध दर्शनसम्बन्धी ज्ञाता तेजकुमार बौद्धाचार्यले निजी जग्गामा भेटिएका पुरातातात्विवक स्थलको तत्काल संरक्षण र ती जग्गालाई अधिग्रहण गरी सरकारले आफ्नो नबनाए एक दशकभित्रै सबै हराएर जाने बताउँछन् । ‘यी सबै हाम्रा अनमोल धरोहर हुन् । यसको संरक्षण गर्न अधिग्रहण प्रक्रिया तत्काल अघि बढाउनुपर्छ’, उनले भने ।

सगरहवा ताल क्षेत्रको जग्गामा सुकुमबासीहरूले घर टहरा बनाई अतिक्रमण गरिरहेका छन् । त्यस्तै उनीहरूले पुरातातात्विवक र ऐतिहासिक जग्गा पनि कब्जा गरी खेतीपाती गर्न थालेका छन् । अहिले त्यहाँ करिब ५० वटा घर टहरा निर्माण भएका छन् भने ५ हेक्टर जग्गा पनि खेतीका लागि प्रयोग गरिएको छ । शाक्य बधस्थलका रूपमा इतिहासमा उल्लेख गरिएको सगरहवा तालमा १७ वटा स्तुप छन् । यहाँ ७७ हजार शाक्यको बध गरिएको किंवदन्ती इतिहासमा उल्लेख भएपछि प्रशस्त बौद्ध धर्मावलम्बी तीर्थाटनका लागि आउने गर्छन् ।

कोषले मुख्य क्षेत्र मानेर ताल वरपर तारबार गरे पनि अन्य क्षेत्रमा मानवीय अतिक्रमण बढेको छ । अनाधिकृत रूपमा खनजोत गरी संरचना बिगार्ने काम भएकाले पुरातातात्विवक अवशेषहरू लोप हँुदै जाने खतरा बढेको छ । यहाँ भारतीय पुरातत्वविद् पीसी मुखर्जीले सन् १८९९ मा उत्खनन् गर्दा ठुल्ठूला १२ कोठाका भग्नावशेष र १७ वटा स्तुप फेला परेका थिए । यी सबै स्तुपमा अस्थि, कलश र त्यसमा सुनचाँदी तथा तामाका टुक्राका साथै कलशमा अक्षता पनि फेला परेको थियो । यस कारण यो ठाउँ महत्वपूर्ण पुरातातात्विवक स्थलका रूपमा परिचित छ । धनकौलीकोट, गोटिहवा र सिसहनिया जग्गामा अतिक्रमण भएका छन् । त्यहाँ ०२८ सालपछि हालसम्म नापीसमेत नभएको कपिलवस्तु संग्रहालयले जनाएको छ । पुरातत्व विभागको कपिलवस्तु संग्रहालयले अहिले तिलौराकोट क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया चलिरहेको हुँदा यसलगत्तै अन्य क्षेत्रमा पनि अधिग्रहण प्रक्रिया थाल्ने बताएको छ । कोषका सदस्य राजेश ज्ञवालीले सरकारबाट पर्याप्त बजेट नआउँदा पुरातातात्विवक क्षेत्र अधिग्रहण र संरक्षण गर्न असमर्थ भएको बताए ।

@annapurnapost

दीपक अाचार्यका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho