गल्फ स्टार प्रतिमा शेर्पा माछापुच्छ्रे बैंकका ब्रान्ड एम्ब्यासडर घोषित

शेर्पाखबर

२०७५ भाद्र २, शनिबार


काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्ब्यासडरहरु सार्वजनिक गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गरी नियक्त गरेका एम्ब्यासडरहरु सार्वजनिक गरेको हो ।
बैंकले खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त राखेका थिए ।
अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसक्नुभएको मिरा राईले देश र विदेशमा थुप्र्रै उपाधि जितेकी छन् ।
यस्तै प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् भने आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् ।
पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउन गौरवको विषय रहेको बताए ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho