शेर्पा पत्रकारको आयोजनामा उद्घोषण लगायत तालिम

“विज्ञापन”

२०७५ श्रावण ३१, विहिबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा पत्रकार संघ नेपालको आयोजनामा विविध विषयमा तालिम एउटै थलोमा आयोजना हुने भएको छ । भाद्र ५ देखि १३ सम्म राजधानीको बौद्धमा तालिम आयोजना गर्न लागेको हो । 
‘उद्घोषण, भाषण र पत्रकारिता सम्वन्धी एक हप्ते तालिम आयोजना गर्न लागेका हौं ।’ संघका सचिव कर्मा शेर्पाले भने ‘सबै उमेर समूह र जातजातिका लागि तालिम उपयोगी हुने विश्वास लिएका छौं ।’
ओखलढुंगा जिल्लास्थित तोलका गुम्बाका प्रमुख लामा औतारी लामा ङावाङ तेन्जीङ लामा अर्थात लामा कुकीको स्मृतीमा तालिम आयोजना गर्न लागेको संघका अध्यक्ष छेल्हमु शेर्पा ‘पासाङ’ ले जानकारी दिइन् । तालिमको सहजिकरण मनोक्रान्ति अभियानका राष्ट्रिय प्रशिक्षक तथा भाषणकलाका गुरु ओम लामा (योगी)ले गर्ने छन् । त्यस्तै, अन्य चर्चित उद्घोषकहरुले पनि तालिमको सहजिकरण गर्ने जनाएको छ । लामाले माइन्ट टेक्नोलोजी, उद्घोषण, विश्व चर्चित नेताका सफलता, जीवन सफलताका खुसी सुत्रका बारेमा समेत प्रशिक्षण दिनेछन् । पत्रकारिता विषयमा राष्ट्रिय दैनिकका ख्याती प्राप्त पत्रकारहरुले पत्रकारिताको बिषयमा सहजिकरण गर्ने संघका कोषाध्यक्ष सार्की शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
तालिममा सहभागि हुन इच्छुकले आफ्नो परिचय खुल्ने कागजातका साथमा दुई प्रति तस्वीरसहित फारम भर्नु पर्ने छ । पाँच सय शुल्कसहित फारम भरेपछि तालिम शुल्क भने नलाग्ने कोषाध्यक्ष शेर्पाले जानकारी दिए । फारम भर्ने म्याद भाद्र ४ गतेसम्म तोकिएको र बौद्धस्थित बौद्ध एकेडेमीको हलमा तालिम शुरु हुने आयोजकले जनाएको छ । तालिममा सहभागि हुन चाहनेहरुले ९८५१०६२७३४, ९८६०८८६०२० र ९८४१४८२२९४ मा सम्पर्क गर्न सकिने छ ।  

“विज्ञापन”का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho