एक असहाय पिता : निशानको अन्त्येष्टिमा आँशु बगाउँदै आर्यघाट पुगे गोपाल

शेर्पाखबर

२०७५ श्रावण २४, विहिबार


काठमाडौँ । सोमबार अपहरणकारीबाट हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको बिहिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 

मलेसियामा रहेका बाबु गोपाल बिहिबार नै फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो । 

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बिहिबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् । 

विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गोपाल निकै भावविह्वल बनेका थिए । यस्तै निशानकी आमा चमेलीसहितका आफन्तपनि भावविह्वल बनेका थिए । भावविह्वल अवस्थामा रहेकी श्रीमतीलाई भेट्दा गोपाल थप भावुक बन्दै श्रीमतीलाई सम्हाल्न समेत सकिरहेका थिएनन् । 

निशानको  सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए ।  निशानको हत्यापछि उनीहरु पनि  भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए । 

त्रिवि शिक्षण अस्पतालबाट निशानको शब अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको सहभागिता रहेको थियो । 


 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho