दक्षिणकाली न.पा. गुम्वालाई ‘१० गुणा बढी कर असुल्दै’

लाक्पा जी. शेर्पा

२०७५ श्रावण २४, विहिबार


काठमाडौं (शेर्पाखबर) । दक्षिणकाली नगरपालिकाले अन्य क्षेत्रमा भन्दा गुम्बालाई १० गुण बढी कर अशुल्ने गरेको छ । स्थानीय ऐन नै जारी गरेर प्रत्येक वडालाई गुम्बालाई रकमै तोकेर कर अशुल्न थालेको हो । नगर प्रमुख मदन वस्नेतले आर्थिक बर्ष २०७५÷०७६ शुरु हुन साथ वडाहरुलाई पत्रचार गरी कर असुल्न भनेका छन् । नगरले आफ्नो क्षेत्रभित्रका गुम्बाहरुको नविकरणका सिफारिसका लागि मात्रै पाँच हजार तोकिएको छ जवकी अन्य गैरसरकारी संस्थाका लागि भने पाँच सय मात्रै शुल्क तोकिएको छ । त्यस्तै, घर कर शिर्षकमा अन्य घरहरुलाई बढीमा तीन सय रुपैयाँ तोकिएको छ भने गुम्बालाई वीस हजार अशुल्दै आएको छ । गुम्बा दर्ताका लागि सिफारिस शुल्क पच्चिस हजार तोकिएको छ भने अन्य संस्थालाई दुई हजार मात्रै कर निर्धारण गरेको छ । 
नगरपालिकाले गत आर्थिक बर्षमा पेलोर रिन्पोछे बुद्ध धर्मालम्बि समाज दर्ता सिफारिसका लागि तीस हजार रुपैया अशुलेको छ भने नविकरण सिफारिसका लागि पाँच हजार लिइएको छ । यसरी गुम्वामाथि चरम रुपमा राजस्वका अशुल्ने गरेको प्रति असन्तुष्टि जनाउँदै नगरभित्रका गुम्वाहरुले राजस्वमा समान व्यवहार हुनुपर्ने माग गरेका छन् । ‘सबै सामाजिक र धार्मिक संस्थाको दर्ता, नविकरण लगायतमा समान कर लगाउनु पर्छ ।’ फर्पिङ कै एक गुम्वामा अध्यायनरत साङ्गे मिङमा शेर्पाले भने ‘अरु धार्मिक संस्थाको बारेमा भने नगरपालिका मौन देखिन्छ ।’
गुम्वालाई मात्रै बढी राजस्व तोकिएको बारे सामाजिक सञ्जालमा समेत व्यापक नगरप्रमुखको व्यापक आलोचना भइरहेको रहेको छ । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho