सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउँछौंः उपप्रधानमन्त्री यादव

लाक्पा जी शेर्पा

२०७५ श्रावण २३, बुधबार


काठमाडौं (शेर्पाखबर) । उप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने बचनबद्धता जनाएको छ । नेपाल मै पहिलो पटक त्रिवि शिक्षण अस्पतालबाट सफल मृगौला प्रत्यणरोपाण सेवा प्रारम्भको दशौं बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उपप्रधानमन्त्री यादवले यस्तो प्रतिबद्धता जनाएको हो । 
कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले ग्रामिण क्षेत्रका ८५ प्रतिशत जनताले सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पुर्याउने गरी कार्य भइरहेको बताए । 
नेपालमै मृगौला प्रत्यारोपणको अवसर पाउनले धेरैको सुविधा पाएको उल्लेख गर्दै अध्यक्ष यादवले भने ‘विविध अप्ठ्याराकावीच शुरु भएको मृगौला प्रत्यारोपण कार्यले उपचार अभावले नै अकाल मै मृत्युवरण गर्नुपर्ने अवस्थाबाट हामीले मुक्ति पाएका छौं । यो खुसीको कुरा हो ।’ उनले अघि थपे ‘हाम्रो देशमा हाम्रै डाक्टरहरुबाट मृगौला प्रत्यारोपाण गर्दा आशा, भरोसा र विश्वास बढी हुन्छ । पहिला पहिला मृगौलाको रोगी भन्ने वित्तिकै जीवन अन्तिम जस्तै लाग्थ्यो ।’ 

विगतमा आर्थिक समस्या भएकाले उपचार गर्न नपाउने अवस्था रहेपनि अहिले त्यस्तो नभएको उनले दाबी गरे । ‘पैसावालहरु विदेश जान्थे तर आर्थिक अवस्था कमजोर हुनेहरु जीवन अकालमै सकिन्थ्यो । अब सबै खाले रोगहरुको उपचार हामी आफ्नै देशभित्र गर्न पाउँछौं । यो गर्वको विषय हो ।’ मन्त्री यादवले भने । मुलुकको परिवर्तनसँगै चिकित्स क्षेत्रमा पनि परिवर्तन हुनुपर्ने वताउँदै अध्यक्ष यादवले थपे ‘चिकित्सा क्षेत्रमा पनि धेरै सुधार हुनुपर्ने हुन्छ । हामी समय अनुसार परिवर्तन हुन सिकौं ।’
नेपाल सरकार सबैलाई स्वास्थ्यमा पहुँच पुर्याउन दृढ रहेको बताउँदै उनले थपे ‘सरकारी स्तरबाट सञ्चालित अस्पतालहरुमा अराजकता र अस्तव्यस्तताकावीच पनि डाक्टरहरुले सहजै सेवा दिइरहेको छ ।’
अर्को प्रशंगमा उपप्रधानमन्त्री यादवले ग्रामिण क्षेत्रमा खटाइएको डाक्टरहरु नजाने समस्या विद्यामान रहेकाले यसलाई समाधानका लागि कार्य अघि बढाएको बताए । त्यस्तै, नेपाललाई मेडिकल हव बनाउने योजना अघि सारेको बताउँदै सबै मिलेर यसलाई सफल बनाउने र सहयोग जुटाउनुपर्नेमा जोड दिए । 
‘सरकारी अस्पतालको सामाग्रीहरु छिट्टै विग्रिने र निजीको लामो समय जस्ताको तस्तै हुने कारण के हो ?’ भन्दै उपप्रधानमन्त्री यादवले डाक्टरहरुलाई व्याग्यात्मक प्रश्न समेत गरे । 
अस्पतालको तथ्याङ अनुसार मृगौला पीडितहरु मध्ये ८५ प्रतिशत महिला रहेका छन् । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho