समाज कल्याणका सदस्य सचिव भट्टमाथि भ्रष्टाचारको आरोप

शेर्पाखबर

२०७५ श्रावण २३, बुधबार


महिला, बालबालिका तथा समाजकल्याण ले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयको सहसचिव हुन् ।
समाजकल्याण परिषद स्रोतले  भन्यो, ‘सदस्य सचिव पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी छ । त्यसबारे छानबिन हुँदैछ ।’
भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फि्रज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।
महिला बालबालिका मन्त्रालय मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद आकर्षक र शक्तिशाली मानिन्छ । राजनीतिक नियुक्ति, अर्बौं बजेट भएका आईएनजीओ र एनजीओहरूको अनुगमन, नियमन तथा कार्यक्रम स्वीकृति परिषदले गर्दछ । यसैगरी परिषद् मातहत रहेको भौतिक संरचनामा चलखेल गर्न पाइने र कार्यकर्ता भर्ती गर्न पाइने भएकाले परिषदमा धेरैको आकर्षण हुने गर्दछ ।

@onlinekhabar

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho