पहिरोले घर पुरिँदा शेर्पा परिवार अलपत्र

शेर्पाखबर

२०७५ श्रावण २२, मंगलबार


ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगामा निरन्तरको बर्षाका कारण दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ को सिमानामा पर्ने पात्लेमा सोमबार राति पहिरो जादाँ स्थानीय दाटी शेर्पा र लमु शेर्पाको घर बगाएको वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए । त्यस्तै, खिजिदेम्बा गाउँपालिका ९ मा मिङमार दोर्जी शेर्पा र जाङबु शेर्पाको घरमा क्षति पुर्याएको स्थानीय कुङ्गा शेर्पाले जानकारी दिए ।
पहिरोमा मानविय क्षति नभएको भएपनि मोलुङ ७ का शेर्पाको एक हल गोरु र एउटा कुकुर पुरेको अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिए । ‘गाउँमाथीबाट पहिरो खसेकाले सो स्थानका तत्लो भेगका अन्य ५ घर समेत पहिरोका जोखिममा परेका छन् ।’ अध्यक्ष सुनुवारले भने ‘घटना लगत्तै हामी पुगेर पुरिएका सामाग्रीहरु निकाल्ने र पीडितलाई सुरक्षित स्थानमा सार्ने काम गरेका छौं ।’ राति अचानक पहिरो खसेपछि स्थानीयहरु भागेर बचेको उनीहरुको भनाई छ । अहिले पानी परिरहेकाले उक्त स्थानमा नजना वडा अध्यक्षहरुले आग्रह गरे । पीडित परिवारलाई राहतका लागि पहल भैरहेको अध्यक्ष सुनुवारले जानकारी दिए ।
यता खिजीदेम्बाका पहिरो पीडित परिवार आफन्तको घरमा शरण लिई बसेका छन् । लगायतारको बर्षातका कारण गाउँ नै उच्च जोखिममा परेको उनीहरुले जानकारी दिए । ‘बेलैमा शर्तकता नअपनाउने हो भने सिंगो गाउँ नै वगाउन सक्छ । हामी त्रासमा वस्न वाध्य छौं ।’ खिजीदेम्बा पहिरो पीडित जाङबु शेर्पाले भने ‘घरमाथिबाट आएको पहिरोका कारण मेरो दुवै घर छोपिन लागेको छ । घरभित्रको अन्ना, आलू, लत्ता कपडासमेत पुरिएको छ ।’
भूकम्पले जमिन छियाछिया बनाएको र यसैबर्ष विस्तार गरिएको सडकहरु नै पहिरोको कारण रहेको जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण विना जथाभावि सडक निर्माण गर्ने कार्यले जोखिम बढेको स्थानीयहरुको आरोप छ । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho