दक्षिण कोरियामा आदिवासी जनजाति दिवस

शेर्पाखबर

२०७५ श्रावण २२, मंगलबार


दक्षिण कोरिया । ‘विश्वका आदिवासी एक होऔं, पहिचान र अधिकारसहितको संघीयता, आदिवासी जनजातिको अडान अपुरो र अधुरो संविधान संशोधन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दक्षिण कोरियामा २४ औं विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा राजधानी सौलस्थित छुन्गु छंसुनेन् सुरेंगुन् यक्ष यकमा विविध कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो ।
सो अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरियो । कार्यक्रममा विभिन्न जातीय संघसंस्थाहरुबाट नेपालको मौलिक पहिचान झल्कने झाँकी, शेप्रु, साकेला, च्याब्रुङ, सेलोलगायत सांस्कृतिक नृत्य प्रस्तुत गरियो । जातीय भेषभूषासहितको नृत्यहरुले कार्यक्रमको रौनक थपेको नेपाल शेर्पा संघका प्रतिनिधी शेर साङपो शेर्पाले जानकारी दिए । 
मल्लिका थकालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली राजदूत अर्जुनजंग बहादुर सिंह प्रमुख अथिति थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसमेत सहभागी थिए । राजदुत सिंहले आदिवासी जनजातिले उठाएका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने भन्दै विश्व आदिवासी दिवसको शुभकामना दिए ।
कार्यक्रम सफल बनाउन दक्षिण कोरियामा रहेका शेर्पा संघ, तमु धी, तामाङ संघ, मगर संघ, किरात याक्थुङ चुम्लुङ, नेवा पुच, थारु कल्याणकारीसभा, किरात राई यायोक्खा, ह्योल्मो समाज, थकाली समाज, छन्त्याल समाज, बुझेल समाज लगायत १२ वटा जातीय संस्थाले भूमिका खेलेका थिए । 

 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho