दक्षिण कोरियाबाट शेर्पा संघलाई सहयोग

पेम्वा ङावा शेर्पा

२०७५ श्रावण २१, सोमबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ दक्षिण कोरियाले नेपाल शेर्पा संघको भवन खरिदका लागि नगद सहयोग गरेको छ । कोरियन वन ३८ लाख ५२ हजार ५ सय अर्थात ३ लाख ७६ हजार ७ सय ७५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकम शेर्पा संघ दक्षिण कोरियाका महासचिव रिन्जिङ शेर्पा नावाले नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष ई. आङ दोर्जी शेर्पालाई हस्तान्तरण गरे । रकम हस्तान्तरण कार्यक्रममा शेर्पा संघका उपाध्यक्ष देण्डी शेर्पा, कोषाध्यक्ष एव प्रदेश नं. ३ का सांसद आङ देण्डी लामा, संघका सचिव किशोर शेर्पा र सोनाम शेर्पालगायतको उपस्थिती थियो ।
नेपाल शेर्पा संघले हालै करिव ५ करोड बराबरको भवन सहितको जग्गा खरिद गरेको छ । जग्गा र भवन खरिद गरेपनि भुक्तानी पूरा गर्न नसक्दा संघको भवन आफ्नो नाममा रजिष्ट्रेशन गर्न सकेका छैनन् । संघले भवन खरिद प्रक्रिया सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न सामाजिक संघ र व्यक्तिहरुसँग सहयोग संकलन र आह्वान गरेका थिए । 
शेर्पा संघ दक्षिण कोरियालेपनि सोही कार्यक्रम अन्तर्गत अभियान नै सञ्चालन गरेर सहयोग संकलन गरि हस्तान्तरण गरेको महासचिव रिन्जिङ शेर्पाले जानकारी दिए । 
सहयोग बुझ्दै अध्यक्ष शेर्पाले सबै सहयोगी मनहरुले साथ दिएरै शेर्पा संघले आफ्नो भवन खरिद गर्ने ऐतिहासिक निर्णय सफल बनाएको बताए । उनले अझै केही रकम अपुग रहेको र सहयोग आउने क्रमपनि जारी रहेकाले छिट्टै भवनलाई संघको नाममा ल्याउन सकिने पनि विश्वास व्यक्त गरे । सो अवसरमा हालसम्म सहयोग गर्नेहरुलाई अध्यक्ष शेर्पाले धन्यवाद समेत ज्ञापन गरे । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho