गुणस्तरीय पर्यटनका लागि ‘म म गरौं !’

सार्की शेर्पा

२०७५ श्रावण २०, आईतबार


काठमाडौं (शेर्पाखबर) । नेपालको पर्यटनलाई गुणस्तरीय बनाउन सम्वन्धित सबै पक्ष सकारात्मक हुनुपर्नेमा जोड दिएका छन् । ट्रेकिङ गाईड एशोसिएसन अफ नेपाल (टीगान)ले राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिकांशले ‘गुणस्तर शब्दमा नभई व्यवहारमा लागू हुनुपर्ने’मा जोड दिए । ‘नेपालमा गुणस्तरीय पर्यटनको पहिचान र सेवाका लागि ट्रेकिङ गाइडहरुको कार्यक्षमता’ विषय राखेर आयोजना गरिएको कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले ‘हामी सबैले ‘म म गर्नसके’ मात्रै गुणस्तरीय पर्यटन पहिचान हुने बताए । 
पर्यटन क्षेत्रसँग सम्वन्धित कसैलेपनि सकारात्मक तरिकाले काम गर्न नसकेको तर्फ संकेत गर्दै महानिर्देशक घिमिरेले भने छ “हामी ‘स्टेक होल्डरहरुले चिटिङ’ गर्न छाडेर काम गर्न थालेकै दिन गुणस्तरीय पर्यटन र सेवा प्रवाह हुन्छ । यसतर्फ छातीमा हात राखेर सोचौं ।” उनले अघि थपे ‘हिजो रेस्क्यूका कुराहरु उठे । हामी सबैलाई छर्लंगै थाहा छ ।’ पर्यटन क्षेत्रमा बढ्दो विकृतीले नेपालबारे राम्रो सन्देश विश्वमा जान नसकेको बताउँदै महानिर्देशक घिमिरेले थपे ‘हामी आफ्नो व्यवसाय र दक्षतालाई निर्ढुक्क भएर परिपालना गर्नेतर्फ लागौं । समस्या उसै समाधान भएर जान्छ ।’ 
अन्तक्र्रिया कार्यक्रममा पर्यटन विद् ज्ञानेश्वर महत्वले पर्यटन क्षेत्रका समस्या, समाधान र गुणस्तरीय पर्यटनका विषयमा कार्यपत्र सहित प्रस्तुत गरे । अन्तक्र्रियामा सहभागिहरुले पर्यटन क्षेत्रमा भएको समस्याहरु राखे । गाइडहरुले आफ्नो भविष्य सुनिश्चित हुनुपर्नेमा जोड दिए । 
त्यस्तै, उनीहरुले व्यवसायीहरुको खराव कार्यको दोष पथ प्रदर्शकमाथि थोपर्ने गरेको भन्दै आक्रोष पोखे । उनीहरुले युनियन र विभिन्न राजनैतिक संगठनको नाममा लाखौं रुपैयाँ राज्यबाट लिई दुरुपयोग गर्ने गरेकाले त्यसलाई रोक्नुपर्ने माग गरे ।
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho