सगरमाथा आरोही शेर्पा सम्मानित

साङ डोमा शेर्पा

२०७५ श्रावण २०, आईतबार


काठमाडौं (शेर्पाखबर) । सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पालाई सम्मानित भएका छन् । गुदेल शेर्पा किदुक समाजको बार्षिक साधारणसभाको अवसर पारेर किदुगले शेर्पालाई सम्मान गरेको हो । महाकुलुङ–४ तिउका शेर्पाले गत मे १७ मा किदुकको झण्डा सर्बोच्च शिखर सगरमाथामा फरफराएको भन्दै सम्मान गरिएको सचिव नुरु शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
रामहिटी बौद्ध स्थित किदुकको कार्यालयमा सप्पन्न किदुकको सातौं साधारणसभामा शेर्पाले सगरमाथामाको चुचुरोमा फरफराएको किदुक झण्डा सहितको तस्बिर संस्थालाई हस्तान्तरण गरे । सातौं पटक सगरमाथा शिखरमा पाईला टेकी सकेका शेर्पालाई किदुगका अध्यक्ष लाक्पा तेन्जि शेर्पाले सम्मान पत्र हस्तान्तरण गर्दै यसखाले ऐतिहासिक योगदानलाई संस्थाले कहिलै नबिर्सिने प्रतिबद्धता व्यक्त गरे । 
२०६८ सालमा स्थापना भएको किदुगले सोलुखुम्बु  जिल्लाको गुदेलमा शिक्षा, स्वास्थ्य, पर्यटन र पुनःनिर्माणमा क्षेत्रमा काम गर्दै आएको छ । अध्यक्ष लाक्पा तेन्जिको अध्यक्षतामा सम्पन्न किदुकको बार्षिक साधारणसभामा कोषाध्यक्ष तेम्बा शेर्पाले आर्थिक बर्ष २०७४÷७५ को आर्थिक प्रतिबेदन र सचिब नुरु शेर्पाले बार्षिक प्रगति प्रतिबेदन र आगामी योजना तथा कार्यक्रमहरु सभामा प्रस्तुत गरे । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho