शेर्पा सञ्चारमा उद्घोषण तालिमः ४० बढी सहभागि

फूर्वा शेर्पा

२०७५ श्रावण २०, आईतबार


काठमाडौं (शेर्पाखबर) । युवाहरुलाई लक्षित गरी एक हप्ते उद्घोषण सम्वन्धी तालिम शुरु भएको छ । शेर्पा सञ्चार समुह नेपालले आयोजना गरेको हो ।  सञ्चारको बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको तालिममा ४० जना भन्दा बढीको संख्यामा सहभागि छन्  । साउन १९ गते बाट सुरु भएको तालिमको सहजिकरण शंकर प्रधान ‘सौर्य’ ले गरिरहेको संयोजक नुरु शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
सञ्चार कै कार्यालय बौद्धमा सञ्चालन भइरहेको तालिमले युवाहरुको बौद्धिक क्षमता अभिवृद्धि र वाककलामा विशेष निखारता ल्याउन सघाउ पुगोस् भन्ने हेतुले आयोजना गरिएको महासचिव निमलेकी शेर्पाले जानकारी दिए । 
यसअघि शेर्पा भाषामा समेत उद्घोषण तालिम आयोजना गरेको सञ्चारले पत्रकारितामा रुची भएका र व्यवसायीक पत्रकारिताको क्षेत्रमा अघि बढ्न चहानेहरुका लागि तालिम दिँदै आएका थिए । सञ्चारको महाधिवेशन नजिकिँदै गर्दा आयोजना गरिएको तालिमले संस्थाप्रति युवा आकर्षण बढाउने विश्वास आयोजकहरुको छ । 
तालिमको सहजिकरण गरिरहेका प्रशिक्षक प्रधान लामो समय उद्घोषण कक्ष सञ्चालन गर्दै आएका चर्चित युवा उद्घोषक हुन् । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho