आज शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण

शेर्पाखबर

२०७५ श्रावण ११, शुक्रबार


काठमाडौँ । एक्काइसौं शताब्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण आज शुक्रबार राती नेपाली समयानुसार १२ बजेर ९ मिनेटदेखि लाग्दैछ ।

यो चन्द्रग्रहणको अवधि १ घण्टा ४३ मिनेटको रहनेछ । खासमा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा टाढाको दुरीमा रहेको कारण चन्द्रमाको गति सुस्त हुनेभएकै कारण ग्रहणको समयावधि लामो हुन गएको हो । 

स्मरण रहोस्, चन्द्रमाले परावर्तन गर्ने सूर्यको किरणलाई चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुगेर पूर्ण रुपमा वा अर्ध रुपमा छेकिदिँदा पूर्ण वा अर्ध चन्द्रग्रहण लाग्ने गर्छ । पूर्ण चन्द्रग्रहण लाग्नका लागि चाहिँ चन्द्रमा, पृथ्वी र सूर्य एउटै सोझो लाइनमा पर्नुपर्छ । 

रमाइलो कुरा के छ भने, यो ग्रहणको दौरानमा चन्द्रमाको रंग रक्तिम देखिनेछ । खासगरी, पृथ्वीको वायुमण्डलबाट परावर्तन भएको सूर्यको किरणको कारण चन्द्रमाको रंग गाढा रातो देखिनेछ । त्यसैले यो

ग्रहणलाई ब्लड मुन, रेड मुन अथवा रक्तिम चन्द्रमा पनि भन्ने गरिन्छ । नेपालबाट यो ब्लड मुन सबैभन्दा राम्रो राति १ः१५ देखि २ः५८ बजेसम्म देख्न सकिनेछ । 

थप रोचक कुरा के छ भने, यो ग्रहणको बेलामा हाम्रा छिमेकी ग्रह मंगल पनि चन्द्रमाका नजिकै हुनेछ र आकाश सफा छ भने त्यसलाई नाङ्गो आँखाले पनि देख्न सकिनेछ ।

प्रत्येक वर्ष कम्तिमा २ वटा चन्द्रग्रहणहरु लाग्ने गर्छन् । तर यस्तो लामो अवधिको अर्को चन्द्रग्रहण चाहिँ आगामी सन् २१२३ भन्दा अगाडि लाग्ने छैन । 

खगोलीय गतिविधिहरुमा रुचि राख्नेहरुका लागि खुसीको कुरा के हो भने चन्द्रग्रहणलाई बिना कुनै उपकरण, नांगो आँखाले पनि हेर्न सकिन्छ, त्यसले आँखालाई कुनै नोक्सानी पुर्याउँदैन ।

अहिलेको चन्द्रग्रहण युरोप र एशियाका अधिकांश भाग, अस्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिकाको दक्षिणी भाग, दक्षिण अमेरिका, प्रशान्त, हिन्द र आन्ध्र महासागर क्षेत्र र अन्टार्कटिकाबाट देख्न सकिनेछ ।

हिन्दू धर्ममा आस्था राख्नेहरुले ग्रहणको बेलामा भोजन, पानी ग्रहण गर्न नहुने, सहवास गर्न नहुने ठान्छन् । त्यसमाथि थप, गर्भवतीहरुले ग्रहण हेर्न वा उनीहरुमा त्यसको छायाँ पनि पर्न नहुने विश्वास गर्छन् । ग्रहण सकिएपछि ग्रहणको दोषबाट मुक्त हुनको लागि नुहाउनुपर्ने बताइन्छ । 

त्यसो त कतिपय पश्चिमा देशहरुमा पनि यस्तो ग्रहण लाग्नु भनेको परमेश्वरको दूत यस धर्तीमा आउने कुराको संकेत हो भनी विश्वास गर्छन् ।

तिब्बतमा ग्रहणको बेलामा असल र खराब कर्महरुको प्रभाव दशगुणा बढ्ने विश्वास गरिन्छ । 

त्यसै गरी, दक्षिण अफ्रिकाका पौराणिक गाथाअनुसार, सूर्य र चन्द्रमाको झगडा हुँदा चन्द्रग्रहण लाग्ने गर्छन् । यस्तो बेला उनीहरुको मिलाप होस् भनी प्रार्थना पनि गर्ने गरिन्छ ।

यि राशी भएका व्याक्तिलाई लाभ

नेपाली समय अनुशार रातको १२ बजेर ९ मिनेटमा स्पर्श हुन्छ र रातको १ बजेर २५ मिनेटदेखि खग्रास चन्द्रग्रहण सुरु भई रातको २ बजेर ८ मिनेटमा मध्य हुदै २ बजेर ५९ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण १२ गते बिहान ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । खग्रास चन्द्रग्रहणको अवधि १ घण्टा ४४ मिनेटको हुनेछ । 

साउन ११ गते नेपाली समय अनुशार दिउँसो ३ बजेर ९ मिनेट देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु  आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ । 

ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुशार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौ गुण फल मिल्ने शाश्त्रमा उल्लेख गरिएकोछ ।  ग्रहणको समयमा बिभिन्न शाश्त्र जस्तै चारवेद, पुराण,गिता तथा उपनिशद जस्ता शाश्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ । 

ग्रहणको समयमा हामी बस्ने ठाउँमा बिकिरण तथा नकारात्मक उर्जा तथा किरण घरभित्र प्रवेश गर्ने हुनाले खानेकुराहरु पकाएर खाने तथा राख्नु हुदैन । बाल बच्चा,बृद्ध तथा अशक्तहरुको लागि राख्नै परे घरको मुल गेटमा तथा खानेकुराको छेवैमा गाईको गोवर राख्नाले ग्रहणबाट आउने बिकिरण तथा नकारात्मक उर्जा रोक्दछ । 

उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले कम्तिमा ६ महिना उत्तरषाढा र श्रवण नक्षत्रमा शुभ तथा मांगलिक कार्य बर्जित छ ।  उत्तरषाढा र श्रवण नक्षत्रमा जन्मने व्याक्तिहरुका लागि र मकर राशिमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशि तथा मकर लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ ।

१२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल एस प्रकार रहेको छ । 

मेष : सुख 

वृष : माननाश वा मानहानी हुने 

मिथुन :  कष्ट हुने 

कर्कट : स्त्री पीडा 

सिंह : सुखदायी हुने 

कन्या : चिन्ता बढ्ने 

तुला : व्यथा बढ्ने

बृश्चिक : श्री प्राप्ति हुने

धनु : क्षति हुने

मकर : घात हुने

कुम्भ : खर्च बढ्ने

मीन : लाभ हुने

निषेध

ज्योतिषि डिपि भण्डारीका अनुसार, ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु  आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ काठमाडौँ । एक्काइसौं शताब्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण आज शुक्रबार राती नेपाली समयानुसार १२ बजेर ९ मिनेटदेखि लाग्दैछ ।

यो चन्द्रग्रहणको अवधि १ घण्टा ४३ मिनेटको रहनेछ । खासमा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा टाढाको दुरीमा रहेको कारण चन्द्रमाको गति सुस्त हुनेभएकै कारण ग्रहणको समयावधि लामो हुन गएको हो । 

स्मरण रहोस्, चन्द्रमाले परावर्तन गर्ने सूर्यको किरणलाई चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुगेर पूर्ण रुपमा वा अर्ध रुपमा छेकिदिँदा पूर्ण वा अर्ध चन्द्रग्रहण लाग्ने गर्छ । पूर्ण चन्द्रग्रहण लाग्नका लागि चाहिँ चन्द्रमा, पृथ्वी र सूर्य एउटै सोझो लाइनमा पर्नुपर्छ । 

रमाइलो कुरा के छ भने, यो ग्रहणको दौरानमा चन्द्रमाको रंग रक्तिम देखिनेछ । खासगरी, पृथ्वीको वायुमण्डलबाट परावर्तन भएको सूर्यको किरणको कारण चन्द्रमाको रंग गाढा रातो देखिनेछ । त्यसैले यो

ग्रहणलाई ब्लड मुन, रेड मुन अथवा रक्तिम चन्द्रमा पनि भन्ने गरिन्छ । नेपालबाट यो ब्लड मुन सबैभन्दा राम्रो राति १ः१५ देखि २ः५८ बजेसम्म देख्न सकिनेछ । 

थप रोचक कुरा के छ भने, यो ग्रहणको बेलामा हाम्रा छिमेकी ग्रह मंगल पनि चन्द्रमाका नजिकै हुनेछ र आकाश सफा छ भने त्यसलाई नाङ्गो आँखाले पनि देख्न सकिनेछ ।

प्रत्येक वर्ष कम्तिमा २ वटा चन्द्रग्रहणहरु लाग्ने गर्छन् । तर यस्तो लामो अवधिको अर्को चन्द्रग्रहण चाहिँ आगामी सन् २१२३ भन्दा अगाडि लाग्ने छैन । 

खगोलीय गतिविधिहरुमा रुचि राख्नेहरुका लागि खुसीको कुरा के हो भने चन्द्रग्रहणलाई बिना कुनै उपकरण, नांगो आँखाले पनि हेर्न सकिन्छ, त्यसले आँखालाई कुनै नोक्सानी पुर्याउँदैन ।

अहिलेको चन्द्रग्रहण युरोप र एशियाका अधिकांश भाग, अस्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिकाको दक्षिणी भाग, दक्षिण अमेरिका, प्रशान्त, हिन्द र आन्ध्र महासागर क्षेत्र र अन्टार्कटिकाबाट देख्न सकिनेछ ।

हिन्दू धर्ममा आस्था राख्नेहरुले ग्रहणको बेलामा भोजन, पानी ग्रहण गर्न नहुने, सहवास गर्न नहुने ठान्छन् । त्यसमाथि थप, गर्भवतीहरुले ग्रहण हेर्न वा उनीहरुमा त्यसको छायाँ पनि पर्न नहुने विश्वास गर्छन् । ग्रहण सकिएपछि ग्रहणको दोषबाट मुक्त हुनको लागि नुहाउनुपर्ने बताइन्छ । 

त्यसो त कतिपय पश्चिमा देशहरुमा पनि यस्तो ग्रहण लाग्नु भनेको परमेश्वरको दूत यस धर्तीमा आउने कुराको संकेत हो भनी विश्वास गर्छन् ।

तिब्बतमा ग्रहणको बेलामा असल र खराब कर्महरुको प्रभाव दशगुणा बढ्ने विश्वास गरिन्छ । 

त्यसै गरी, दक्षिण अफ्रिकाका पौराणिक गाथाअनुसार, सूर्य र चन्द्रमाको झगडा हुँदा चन्द्रग्रहण लाग्ने गर्छन् । यस्तो बेला उनीहरुको मिलाप होस् भनी प्रार्थना पनि गर्ने गरिन्छ ।

यि राशी भएका व्याक्तिलाई लाभ

नेपाली समय अनुशार रातको १२ बजेर ९ मिनेटमा स्पर्श हुन्छ र रातको १ बजेर २५ मिनेटदेखि खग्रास चन्द्रग्रहण सुरु भई रातको २ बजेर ८ मिनेटमा मध्य हुदै २ बजेर ५९ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण १२ गते बिहान ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । खग्रास चन्द्रग्रहणको अवधि १ घण्टा ४४ मिनेटको हुनेछ । 

साउन ११ गते नेपाली समय अनुशार दिउँसो ३ बजेर ९ मिनेट देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु  आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ । 

ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुशार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौ गुण फल मिल्ने शाश्त्रमा उल्लेख गरिएकोछ ।  ग्रहणको समयमा बिभिन्न शाश्त्र जस्तै चारवेद, पुराण,गिता तथा उपनिशद जस्ता शाश्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ । 

ग्रहणको समयमा हामी बस्ने ठाउँमा बिकिरण तथा नकारात्मक उर्जा तथा किरण घरभित्र प्रवेश गर्ने हुनाले खानेकुराहरु पकाएर खाने तथा राख्नु हुदैन । बाल बच्चा,बृद्ध तथा अशक्तहरुको लागि राख्नै परे घरको मुल गेटमा तथा खानेकुराको छेवैमा गाईको गोवर राख्नाले ग्रहणबाट आउने बिकिरण तथा नकारात्मक उर्जा रोक्दछ । 

उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले कम्तिमा ६ महिना उत्तरषाढा र श्रवण नक्षत्रमा शुभ तथा मांगलिक कार्य बर्जित छ ।  उत्तरषाढा र श्रवण नक्षत्रमा जन्मने व्याक्तिहरुका लागि र मकर राशिमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशि तथा मकर लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ ।

१२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल एस प्रकार रहेको छ । 

मेष : सुख 

वृष : माननाश वा मानहानी हुने 

मिथुन :  कष्ट हुने 

कर्कट : स्त्री पीडा 

सिंह : सुखदायी हुने 

कन्या : चिन्ता बढ्ने 

तुला : व्यथा बढ्ने

बृश्चिक : श्री प्राप्ति हुने

धनु : क्षति हुने

मकर : घात हुने

कुम्भ : खर्च बढ्ने

मीन : लाभ हुने

निषेध

ज्योतिषि डिपि भण्डारीका अनुसार, ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु  आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho