आङ काजीको व्यांग्य ‘आँशु झार्दै राजीनामा दिने ? छि ! छि !’ 

लाक्पा जी शेर्पा

२०७५ श्रावण ९, बुधबार


काठमाडौं (शेर्पाखबर) । समाजमा घट्ने सानो–ठूलो घटनालाई टिप्पणी गरेर आङ काजी शेर्पा ‘किसान’ चर्चामा आउने गर्छन । पछिल्लो समय उनी कानून मन्त्री शेरबहादुर तामाङले ‘रुँदै’ राजीनामा दिएको विषयलाई लिएर व्यांग्य गरे । 
आदिवासी जनजाति महासंघका पूर्व महासचिव र संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत रहेका नेता शेर्पा सामाजिक सञ्जालमा ‘मिश्रित तर अत्याधिक’ प्रतिक्रिया पाउने पात्रको पनि चिनिन्छ । सामाजिक होस् या राजनीतिक, साना होस् या ठूला, नेता हुन् की कार्यकर्ता सबै विषयमा उनी सामाजिक सञ्जालमार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्छन । उनी यस्ता टिप्पणी प्रायः विहानको समयमा गर्ने गरेको पाइएको छ । त्यस्तै, विभिन्न कार्यक्रमका ‘प्रत्यक्ष फेसबुके प्रसारण’ गरेर पनि नेता शेर्पा चर्चामा आउँछन् । 
वंगलदेशमा डाक्टरी अध्ययन गर्न गएका नेपाली महिलाहरुलाई शारीरिक, मानसीक पीडा खेप्नु पर्ने वाध्यता रहेको भन्ने आशयको मन्तव्य राखेकै कारण वहालवाला कानून मन्त्री शेरबहादुर तामाङले राजनीनामा दिनु पर्यो । मन्त्री तामाङले राजीनामा घोषणा गर्न कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले भावुक भएर आँशु झारे । यही विषय आङ काजीको लागि खजना भयो । र, उनले तत्कालै निम्नलिखित टिप्पणी  मन्त्रीको संलग्न राखेर सार्वजनिक गरे । उनले सार्वजनिक गरेको अभिव्यक्तिको बिषयमा विभिन्न खाले टिप्पणी भए । अनलाईनहरुको समाचार शिर्षक बन्यो । कतिपयले नकारात्मक रुपमा पनि यसलाई लिए । अधिकांशले सकारात्मक रुपमा टिप्पणी गरेको पाइएको छ । चर्चामा आउने गरी आङकाजीले लेखेको विषय चाँही के थियो त ? पढौं, उनै नेता आङकाजीको शब्दमाः 
‘(१) तिमी कानुन मन्त्री हुदा गरिब आदिवासीलाई गाई गोरूको मासु खाएको अभियोगमा १२ बर्ष जेल सजाय हुदा नरूने तिमी बहादुर शेर ...
जाबो मन्त्री पद खोसिन्दा रूने ..
छि छि छि ...
(२) सेनापति राजेन्द्र क्षेत्रीले सैनिक मञ्च टुडिखेलमा तामाङको लोसार मनाउन नदिएर तिनकुने धुलामे चउरमा मनाउन बाध्य पार्दा एक थोपा आँसु नचुहाउने एमालेको शेर..
जाबो मन्त्री पदबाट राजीनाम दिँदा रूने...
छि छि छि ...

(३) लोसार, साकेल, उधौली उभौली, छठ, माघे संक्रान्तिमा सरकारले दिदै आएको विदा कटौती गरेर हिन्दु दशै र तिहारको लागि मात्रा विदा दिदा नरूने हिन्दुवादी शेर.....
मन्त्रीको कुर्सी खोसिन्दा धुरू धुरू रूने 
छि छि छि ...

(४) आदिवासीका मातृभाषालाई सरकारी कार्यालयमा प्रयोग गर्न नपाउने गोर्खा भाषालाई मात्रा प्रयोग गर्नु पर्ने कानुन बनाउदा नरूने शेरे ....
मन्त्रीको कुर्सीबाट खस्ने वितिकै रूने
छि छि छि....

(५) तामाङहरूका ऐतिहासिक थातथलोको पहिचान तामसालिङ मेटाएर प्रदेश नं ३ भनेर नामांकण गर्दा पिटिकै नरूने पहिचान विरोधी शेर ...
मन्त्रीपद खोसिन्दा रूने ...
छि छि छि...

सायद ...
(१) आदिवासीलाई १२ बर्षको जेल सजाय हुदा तिम्रो आँखामा आँशु रसाएको भए...
आज करोडौ आदिवासीहरूको आँशुले सडक समुन्द्र हुन थियो होला ...

(२) टुडिखेलमा लोसार मनाउन प्रतिबन्ध लगाउदा मन्त्री परिषद बैठकमा तिमीले आवज उठाएको भए ...
आज तिमीलाई मन्त्रीबाट बर्खास्त गरेको विरोधमा लाखौ आदिवासीले सिंहदरबार थर्कने गरेर नश्लावादी प्रधानमन्त्री मुर्दावाद भनेर नारा लगाउथे होला !

(३) आदिवासीको चाडपर्वको विदा कटौती गर्दा संसदमा बोलेको भए ...
तिमीलाई अन्ययपूर्ण तरिकोले मन्त्रीबाट हटाएको विरोधमा करोडौ आदिवासीले नशलावादी प्रधानमन्त्रीको कानको जाली फुटने गरि चिच्याउथे होला...

(४) आदिवासीको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन सहयोग गरेको भए तिमीलाई मन्त्रीबाट हटाएको विरूद्ध सबै आदिवासीले मातृभाषामा ज्ञापनपत्र सिंहदरबारमा बुझाउथे होला ..

(५) तामसालिङ प्रदेशको पहिचान मेटाएर प्रदेश नं ३ राख्दा संसदबाट राजीनाम दिएको भए....
आज तिमीलाई मन्त्री पदबाट जबरजस्ती हटाएको विरोधमा तामसालिड० अनिश्चितकालिन बन्द हुन्थे होला

जातीको मुद्धा पार्टीमा उठाउन नसक्दा
तिमी घरको न घाटको भयौ...

अब बांकी दिन 
पार्टी भन्दा माथी उठेर जातीका लागि लडनु पर्छ है ! 
शेरबहादुर आले !’
अर्को पोष्टमा नेता शेर्पाले शेरबहादुर तामाङले राजीनामा दिएर रिक्त भएको मन्त्री पदमा तामाङ समुदायकै मन्त्री बनाएर समावेशी सिद्धान्तलाई शिरोपर गर्न समेत सरकारलाई सुझाएको छ । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho