जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरीको फन्दामा परिएला !

शेर्पाखबर

२०७५ असार ३२, सोमबार


३२ असार, काठमाडौं । सिन्धुलीका युवा थापा र सम्झना थापा आइतबार सडक पार गरिरहेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो र कापीमा नाम टिप्यो । जथाभावी बाटो काटेको आरोपमा उनीहरुलाई केहीबेर जेब्रा क्रसिङको नियमबारे ट्राफिक प्रहरीले प्रशिक्षण दिए ।


त्यसैगरी त्रिपुरेश्वरका कुमार श्रेष्ठ र श्रीराम पण्डित पनि जथाभावी बाटो काट्दै गर्दा प्रहरीको फन्दा परे ।

के तपाई पनि आकाशे पुल र जेब्रा क्रसिङबाट बाटो नकाटी जथाभावी सडक पार गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने होस गर्नुहोला, काठमाडौंको सडकमा आइतबारदेखि व्यापकरुपमा प्रहरीहरु परिचालन गरिएका छन्, जसले तपाईलाई समातेर प्रशिक्षणमा पठाउन सक्छ ।

आइतबार रत्नपार्क, बानेश्वर लगायतका चोकमा परिचालित प्रहरीहरुले सैयौं यात्रुहरुलाई नियन्त्रणमा लिएर प्रशिक्षण दिई पठाएका थिए । यो क्रम सोमबार पनि जारी छ ।

जथाभावी बाटो काटिरहेका यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर सडकको छेउमा भेला गराउने गरेका छन् । त्यसरी भेला पारिएका यात्रुहरुलाई जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो काट्नुपर्ने र सडकमा हिँड्दा ख्याल गर्नुपर्ने कुराहरु सिकाइने गरेको छ ।

‘हामी जेब्रा क्रसबाट हिँड्नुपर्छ र आकाशे पुलको प्रयोग गर्नुपर्छ’ पक्राउ गरिएका यात्रुहरुलाई ससडकको किनारामा प्रशिक्षण दिँदै ट्राफिक प्रहरीका एक इन्स्पेक्टरले भने– ‘बच्चाहरु चकचके हुन्छन्, त्यसैले उनीहरुलाई कुनापट्टिको साइटमा लिएर हिँड्नुपर्छ ।

यो पनि पढ्नुस् 

अब भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म अाउन टाइम कार्ड

जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो नकाटे २ घण्टा प्रशिक्षण लिनुपर्ने !

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho