हत्केला समाजको निःशुल्क स्वास्थ्य शिविर

पेम्वा ङावा शेर्पा

२०७५ असार २६, मंगलबार


काठमाडौं (शेर्पाखबर) । हत्केला समाज नेपालले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार जोरपाटीस्थित गरेको शिविरमा दुई एक जनाले स्वास्थ्य परिक्षण गरेका थिए । समाजका अध्यक्ष फुर्लाक्पा शेर्पाका अनुसार शिविरमा जनरल फिजिसियन, दन्त तथा आँखा परीक्षणको सेवा दिएका थिए । ‘स्वास्थ्य परीक्षणसँगै औषधीको समेत व्यवस्था गरेका थियौं,’ अध्यक्ष शेर्पाले भने । शिविरमा बृद्धवृद्धा तथा बच्चाले सेवा लिएका छन । ‘खर्च लाग्ने डरले रोग लुकाएर बस्दा त्यसले ज्यानै लिने समेतको खतरा हुने गर्दछ । यसलाई ध्यानमा राख्दै संस्थाले त्यस्ता व्यक्तिलाई लक्षित गरेर शिविर सञ्चालन गरेको हो ।’ अध्यक्ष शेर्पाले भने । 
‘नट फर डोनेसन, डु फर नेशन’को नारा लिएर स्थापना भएको हत्केला समाज नेपालले शिक्षा, स्वास्थ्य तथा जनचेतनाको क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाले वार्षिक रुपमा कार्ययोजना बनाएर कार्यक्रम गर्ने र त्यसबाट आएको आम्दानीबाट सामाजिक सेवामा खर्चिने गरेको शेर्पाले जानकारी दिए । 
भूकम्पपछि समाजसेवा फुर्लाक्पा
२०७२ बैशाखमा भूकम्प आउँदा फुर्लाक्पासँग काठमाडौंमा एउटा घर थियो । उनको साथीसँग १८ वटा । १८ मध्ये १३ वटा घर पूर्ण रुपमा भत्कायो भने ५ वटामा पनि क्षती पुर्यायो । 
भूकम्प गएपछि फुर्रलाक्पा र उनको साथी दुबै जनाको भेट सडकमा भयो  । बास एकै ठाउँमा भयो, खुला आकाशमुनी ।
‘जती घर सम्पती भएतापनि आखिर खाली हात त हिड्नु पर्ने रहेछ,’ यो बेला फुर्लाक्पालाई लाग्यो, ‘अब जीवनमा पैसाको पछि लाग्नु बेकार रहेछ ।’ भूकम्पपछि नै फुर्लाक्पाले मापसेसमेत छोडे । त्यसको सट्टा समाजसेवा गरेर रमाउने सोच बनाए । अहिले उनी व्यसायसँगै समाजसेवा गरिरहेका छन । आम्दानीको निश्चित प्रतिशत समाजसेवामा खर्चिन्छन् । यही सिलसिलामा जन्मेको हो–हत्केला समाजसेवा नेपाल । यसले अहिले बिरामी परेकालाई सहयोग गर्छ । पढ्न नसक्नेलाई पढाउन मदत्त गछ । संस्थामा ७० बढी सदस्य मिलेर सामाजिक काम गरिरहेको छन । ‘आफु मात्रै जिउनु ठूलो होइन रहेछ,’ उनले भने, ‘अरुलाई जिउन मदत्त गर्दा पो खुसी मिल्दो रहेछ ।’ यसैले फुर्लाक्पालाई लागेको छ, ‘सम्पती कमाएर एक घरपछि अर्को घर, एक गाडीपछि अर्को गाडी, एक आन्नदापछि अर्को आन्नदा भन्दा सबैभन्दाको आन्नदा समाजसेवामा रहेछ ।’

पेम्वा ङावा शेर्पाका अन्य लेख तथा रचनाहरु