गृहमन्त्री समक्ष तिब्बतीयन सरनार्थीको दर्ता नविकरण माग

शेर्पाखबर

२०७५ असार २२, शुक्रबार


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले भुटानी शरणार्थीहरुको नेपालमा पुर्नस्थापना भन्दा उनिहरुलाई स्वदेश फर्काउने विषयलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।  शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर)को नेपालस्थित कार्यालयका प्रतिनिधि बुश्रा हालेपोतासँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन् ।

गृह मन्त्रालयमा छलफलमा नेपालमा रहेको भुटानी शरणार्थी, तिब्बती शरणार्थीको विषयमा केन्द्रीत रहेर कुराकानी भएको थियो । भेटमा गृहमन्त्री थापाले शरणार्थीहरुको पुनर्वास, पुर्नस्थापना र व्यवस्थापनमा युएनएचसीआरले खेल्दै आएको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए । शरणार्थीहरुलाई नेपाल सरकारले सामाजिक अधिकारहरुमा पूर्णरुपमा सहयोग गर्दै आएको तथा उनीहरुको सामाजिकिकरणका लागि आवश्यक सहयोग गर्दै आएको गृहमन्त्रीले बताएका थिए ।  

युएनएचसीआरका प्रतिनिधि हालेपोताले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता तथा नविकरण लामो समयदेखि रोकिएको बताउँदै त्यो सुरु गर्न गृहमन्त्रीसँग आग्रह गरेकी थिइन् । जवाफमा गृहमन्त्री थापाले त्यसबारे छलफल गर्न नेपाल सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रतिनिधि हालेपोताले बाँकी रहेका भुटानी शरणार्थीहरुको स्वेदश फिर्ता, तेस्रो मुलुक पुनर्वास  वा नेपालमै पुनस्र्थापन गरी तीन विकल्पमा छलफल अघि बढाउनुपर्ने बताएकी थिइन् ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho