डा. केसीको पक्षमा चिकित्सहरुले ‘कठोर कदम चाल्न सक्ने !’

शेर्पाखबर

२०७५ असार २०, बुधबार


काठमाडौँ । नेपाल चिकित्सक संघ कर्णाली शाखाद्वारा अनसनरत प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षार्थ जारी विज्ञप्तीप्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय ऐक्यवद्धता जाहेर गरेको छ । 

महासचिव लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षार्थसंघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुने बताउँदै सम्पूर्ण सदस्यहरुलाई तयारी अवस्थामा रहन समेत अपिल गरेका हुन् ।

के.सी. प्रति अमानवीय व्यवहार देखाएको र स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कबड हलमा कैदी सरह राखिएकोप्रति नेपाल चिकित्सक संघ आपत्ति प्रकट गरेको छ । 

संघले केसीको जीवन रक्षाका लागि उहाँलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जोडदार माग गरेको छ । 

विज्ञप्तिमा भनिएको, ‘उहाँको जीवन रक्षार्थ नेपाल चिकित्सक संघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुने र यसबाट सृजीत हुन सक्ने गम्भिर परिणतीको जिम्मेवार नेपाल सरकार नै हुनेछ । साथै नेपाल चिकित्सक संघका सम्पूर्ण सदस्यहरुलाई यसतर्फ सचेत र तयारी अवस्थामा रहन समेत यसै विज्ञप्ती मार्फत अपिल गरिन्छ ।’ 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho