खुम्बु पासाङल्हमुमा महिला समूह गठन तिब्र

सोनाम याङजी शेर्पा

२०७५ असार २०, बुधबार


खुम्बु (शेर्पाखबर) । महिलाहरुको सशक्तिकरणको लागि भन्दै यहाँको खुम्बु पासाङल्हामु गाउँपालिकामा महिला समूह गठनले तिब्रता पाएको छ । महिलाहरुलाई सचेतनाको माध्यमबाट जागरण ल्याउने र सामाजिक रुपमा मूलप्रवाहिकरणमा समाहित गराउने हेतुले समूह गठनलाई तिब्रता दिइएको हो । 
गाउँपालिकामा साविकको वडा अनुसार महिला समूह गठन गरिएको जनाएको छ ।  चौंरीखर्क–५ अर्थात गाउँपालिका–३ जम्फुटेमा याङ्जी शेर्पाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहेको महिला समूह गठन गरिउको छ । त्यस्त, गाउँपालिकाका महिला सदस्य दालह्मु शेर्पा र लेखापाल चेतनाथ कट्टेलको बिशेष उपस्थितमा समूह गठन जनाएको छ । 
गाउँपालिका तीन जम्फुटे स्थित ह्याप्पी रेष्ट रेष्टुरेन्टमा गुमेला, टोकटोक, ङोम्बातेङ र जम्फुटेका स्थानीय महिलाहरूको सहभागितामा गठन भएको महिला समुहलाई सगरमाथा महिला समूह नामाकरण गरिएको छ । स्थानीय महिलाहरूलाई आत्मानिरभरता गराउने उद्देश्यका साथ गठन भएको समुहले शिक्षा, स्वास्थ, रोजगारी, सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गर्ने महिला सदस्य दाल्हमु शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।
त्यस्तै, समूहको माग र कार्यक्रम अनुसार गाउँपालिकाबाट योजनाहरू पारित गरि सहयोग गर्ने भएको छ । गाउँका निरक्षर महिलालाई सीपमूलक तालिम सञ्चालन गर्ने र अन्तारिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि समेत समूहले कार्यक्रम गर्ने योजना छ ।